
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच वार्ता भइरहेको स्थानमा डा. अमरेशकुमार सिंह पुगेका छन् ।
विघटित प्रतिनिधिसभाका स्वतन्त्र सांसद रहेका सिंह रवि–बालेनबीचको वार्तास्थलमा पुगेका हुन् । सोही स्थानबाहिर ‘हामी नेपाल’ नामक संस्थाका संयोजक सुधन गुरुङ पनि उपस्थित छन् ।
गुरुङले वार्तास्थलमा रहेका रवि र बालेनलाई बाहिरबाट ताला लगाइदिएका छन् । दुई नेताबीच सम्झौता नभएसम्म बाहिर निस्कन नदिने घोषणा गर्दै उनले हातमा चाबी बोकेर बसेका छन् ।








प्रतिक्रिया