कोरोनासँग लड्न महासंघले सरकारलाई ५० लाखको चेक दियो, डेढ करोडको सामान दिने



काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसबाट उत्पन्न हुने जोखिम रोकथाम र न्यूनिकरणका लागि सरकारलाई ५० लाख रुपैयाँ नगद सहयोग गरेको छ । आइतबार सिंहदरबारमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर महासंघ अध्यक्ष भवानी राणाले ५० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिन् ।

कोरानो रोकथामका लागि उद्योग वाणिज्य महासंघले सरकारलाई नगद र जिन्सी सहयोग गर्ने

चेक हस्तान्तरण कार्यक्रममा अध्यक्ष राणासँगै बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, उपाध्यक्षहरु चन्द्र ढकाल, किशोर प्रधान र उमेशलाल श्रेष्ठ उपस्थित थिए ।

महासंघले ५० लाख नगदसँगै डेढ करोड रुपैयाँ बराबरको मेडिकल इक्विपमेन्ट र खाद्यान्न दिने जनाएको छ । केही सामाग्री सरकारलाई हस्तान्तरण गर्ने र केही महासंघ आफैंले वितरण गर्ने अध्यक्ष राणाले बताइन् । यसअघि पनि करिब २० लाख बराबरको सामाग्री वितरण गराइसकिएको छ ।

त्यसैगरी, महासंघले ५ हजार श्रमिक तथा सुकुम्बासीहरुलाई ५ किलोको चामल र १ किलो दाल वितरण गर्ने राणाले जानकारी दिइन् ।

कोरोना भाइरस उपचार कोषमा लक्ष्मी ग्रुपले १ करोड सहयोग गर्ने

गत बुधबार अध्यक्ष राणाले कार्यकारीणी सदस्यहरुलाई म्यासेज पठाउँदै यो संकटको घडीमा कोरोना नियन्त्रणका लागि सहयोग गर्न अपिल गरेकी थिइन । महासंघले संस्थागत रुपमा सहयोग गर्दा राम्रो सन्देश जाने भन्दै कार्यकारीणी सदस्यहरुले सहमत जनाएका थिए ।

कोरोनासँग लड्न सरकारलाई कर्पोरेट हाउसको साथ, कस्ले कति सहयोग गरे ?

आफ्ना सदस्यहरुले उपलब्ध गराएको नगद र जिन्सी महासंघले सरकारलाई कोरोना नियन्त्रणका लागि दिएको हो ।

महासंघसँग आवद्ध व्यक्तिहरुले व्यक्तिगतरुपमा र उहाँहरुको निजी संस्थाबाट पनि सहयोग गरिरहेका छन् । चन्द्र ढकाल अध्यक्ष रहेको ग्लोबल आइएमइ बैंकले १ करोड २५ लाख, अञ्न श्रेष्ठ कार्यकारी निर्देशक रहेको लक्ष्मी ग्रुपले १ करोड, विशाल ग्रुपले १ करोड रुपैयाँ सहयोगको घोषणा गरिसकेका छन् ।


पुष्प दुलाल