अर्थमन्त्री युवराज खतिवडाले पदबाट राजीनामा दिने



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आज आफ्नो पदबाट राजीनामा दिने भएका छन् । राष्ट्रपतिबाट राष्ट्रियसभामा नियुक्त भएका खतिवडाको सांसद्को कार्यकाल मंगलबारदेखि सकिने छ ।

नेकपामा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाको सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई लैजाने कि अर्थमन्त्री खतिवडालाई निरन्तरता दिने विषयमा विवाद भएको थियो ।

अर्थमन्त्री खतिवडाको सांसदको कार्यकाल सकियो, अब के हुन्छ ?

नेकपाको सचिवालय बैठकले युवराज खतिवडाको ठाउँमा बामदेव गौतमलाई नियुक्त गर्ने निर्णय लिएपनि त्यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका थिए ।

नेकपा स्रोतका अनुसार अर्थमन्त्रीको पदबाट खतिवडाले राजीनमा दिने र राजीना स्वीकृत गरेपछि पुनः मन्त्रीको रुपमा नियुक्ती हुने र उनले मन्त्रीको रुपमा सपथ लिने छन् । संविधानमा संघीय संसद्को सदस्य नभएको व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउन सकिने व्यवस्था छ ।

नेकपाभित्र राष्ट्रियसभाको सदस्यमा बामदेव कि युवराज भन्ने विवादमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले बामदेव राष्ट्रियसभामा जाने युवराज खतिवडाले अर्थमन्त्रीको रुपमा निरन्तरता पाउने बताएका थिए ।


क्लिकमान्डु