७ पूर्वअध्यक्षले महासंघमा सर्वसम्मत नेतृत्व चयनको पहल थाले, ५ तारे होटेलमा ‘ग्यादरिङ’



कठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा जान चरम राजनीति भएको निष्कर्श निकाल्य यसलाई रोक्न पूर्वअध्यक्षहरुले पहल थालेका छन् ।

बरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्र ढकालले उम्मेद्धारी घोषणा गरेपछि पूर्वअध्यक्षहरुले चरम राजनीति भएको भन्दै सर्बसम्मत नेतृत्व चयनको पहल थालेका हुन् ।

बिहीबार साँझ साढे ६ बजेदेखि राति १० बजेसम्म महासंघका ७ जना पूर्वअध्यक्षहरु रोयल सिंघीको गोप्य कोठामा कसरी सर्वसम्मत नेतृत्व चयन गर्न सकिन्छ ? भन्ने विषयमा केन्द्रित रहेर छलफल गरेका छन् ।

छलफलमा पूर्वअध्यक्षहरु महेशलाल श्रेष्ठ, पद्म ज्योति, प्रदिपकुमार श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, रविभक्त श्रेष्ठ, कुशकुमार जोशी र सुरज बैद्य उपस्थित थिए ।

‘उम्मेद्धारहरुले म भन्दा ठूलो संस्था हो, संस्थाका लागि त्याग गर्छु भनेको खण्डमा सर्वसम्मत हुन्छ, आत्मकेन्द्रित हुनु भएन ।’

पूर्वअध्यक्ष चण्डीराज ढकाललाई भने उक्त छलफलमा बोलाइएको थिएन । विशिष्ट सदस्यका रुपमा महासंघमा सक्रिय रहेका कारण चण्डीराजलाई नबोलाइएको छलफलमा सहभागी एक पूर्वअध्यक्षले जानकारी दिए ।

‘चण्डीराजजी अहिले पनि महासंघमा सक्रिय हुनुहुन्छ, त्यसैले हामीले उहाँलाई नबोलाएका हौं,’ ती पूर्वअध्यक्षले क्लिकमाण्डूसँग भने, ‘भेला हुने पूर्वअध्यक्षहरु महासंघको दैनिक काममा पूर्वअध्यक्षको सहभागीता हुँदैन भन्ने पक्षधरहरु हौं ।’

चन्द्र ढकाललाई जिताउन सुरज र चण्डीराज ९ वर्षपछि एउटै ‘गुट’मा, चण्डी छाडे चन्द्र सर्वसम्मत

निवर्तमान अध्यक्ष पशुपति मुरारकालाई पनि उक्त ग्यादरिङमा बोलाइएको थिएन । निवर्तमान अध्यक्ष्का हैसियतले मुरारका पनि महासंघमा सक्रिय रहेकाले नबोलाइएको ती पूर्वअध्यक्षले प्रष्ट पारे ।

‘पछिल्लो समय महासंघमा चरम राजनीति हुन थालेको छ, यसरी नै राजनीति हुँदै जाने हो महासंघको शाख जोगाउन सकिँदैन,’ अर्का पूर्वअध्यक्षले भने, ‘त्यसैले हामीले सर्वसम्मत नेतृत्व चयनको प्रयास थालेका हौं ।’

रबर स्ट्याम बन्ने डरले किशोर प्रधानको पक्षमा उभिएँ, ९ महिनामा विधान संशोधन गर्छु- शेखर गोल्छा

बिहीबारको ग्यादरिङमा आगामी नेतृत्व सर्वसम्मतरुपमा चयन गर्ने विषय औपचारिकरुपमा प्रवेश गरेको हो ।

‘यसअघि सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा औपचारिकरुपमा छलफल भएको थिएन,’ उनले भने, ‘बिहीबार साँझदेखि हामीले इनिसिएशन शुरु गरेका छौं ।’

अहिलेको विधान अनुसार बरिष्ठ उपाध्यक्ष स्वतः महासंघको अध्यक्ष हुने व्यवस्था छ । जसअनुसार शेखर गोल्छा आगामी कार्यकालका लागि आगामी चैत २९ गतेपछि स्वतः अध्यक्ष हुँदैछन् ।

शेखर गोल्छाको प्रशंसा गर्दै चन्द्र ढकालले गरे बरिष्ठ उपाध्यक्षको उम्मेद्वारी घोषणा (भिडियोसहित)

बरिष्ठ उपाध्यक्षका लागि अहिलेका एसोसिएटतर्फका उपाध्यक्ष चन्द्र ढकाल र जिल्लानगरतर्फका उपाध्यक्ष किशोर प्रधानले उम्मेद्धारी घोषणा गरिसकेका छन् ।

किशोर प्रधानको उम्मेद्धारी घोषणासभामा पूर्वअध्यक्षहरु कुशकुमार जोशी, विनोद बहादुर श्रेष्ठ, निर्वमान अध्यक्ष पशुपति मुरारका र भावी अध्यक्ष शेखर गोल्छा उपस्थित थिए ।

किशोर प्रधानको बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा, शेखरको कार्यकाल सफल बनाउन मैले जित्नुपर्छ

त्यसैगरी, चन्द्र ढकालको उम्मेद्धारी घोषणासभामा पूर्वअध्यक्षहर चण्डीराज ढकाल, सुरज बैद्य र पूर्वअध्यक्ष प्रदिपजंग पाण्डेका छोरा प्रवलजंग पाण्डे लगायत उपस्थित थिए ।

यसरी पूर्वअध्यक्षहरु नै उम्मेद्धारका पक्षमा धु्रवीकरण भइरहेका बेला उनीहरुले सर्वसम्मत नेतृत्व चयनको प्रयास थाल्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

‘हामी चण्डीराज ढकाल प्रवृत्तिको अन्य होस् भन्ने चाहन्छौं,’ अर्का पूर्वअध्यक्षले भने, ‘चुनाव भयो भने त्यस्तो प्रवृत्ति बढी हाबी हुने हामीले देख्यौं र सर्बसम्मत नेतृत्व चयनको पहल थालेका हौं ।’

संस्थाका लागि मैले त्याग गर्न सक्छु भन्ने उम्मेद्धार भएको खण्डमा सर्बसम्मति हुने पूर्वअध्यक्षहरुको ठम्याइ छ ।

‘उम्मेद्धारहरुले म भन्दा ठूलो संस्था हो, संस्थाका लागि त्याग गर्छु भनेको खण्डमा सर्वसम्मत हुन्छ,’ उनले भने, ‘आत्मकेन्द्रित हुनु भएन ।’


पुष्प दुलाल