किशोर प्रधानको बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा, शेखरको कार्यकाल सफल बनाउन मैले जित्नुपर्छ



बिराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिने जिल्ला नगरका उपाध्यक्ष किशोर प्रधानले घोषणा गरेका छन् ।

बिराटनगरबाट प्रधानले बरिष्ठ उपाध्यक्ष पदमा तीनजना पूर्व अध्यक्ष र चैतदेखि अध्यक्ष बन्न लागेका शेखर गोल्छाको समर्थनमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

उनले आफ्नो उम्मेद्वारी बैशाख १ देखि अध्यक्ष पदमा बहाल हुन लागेका शेखर गोल्छाको कार्यकाल सफल बनाउनको लागि भएको बताएका छन् ।

उनले आफ्ना प्रतिस्पर्धी चन्द्र ढकालसँग इंगित गर्दै ठूलो बैंकको अध्यक्षले उद्योगी व्यवसायीलाई बैंकको ब्याजदरले परेको मारको पीडा महशुस गर्न नसक्ने बताए ।
उनले यो आफ्नो अन्तिम लडाई भएको बताउदै शेखर गोल्छाको निर्देशन अनुसार उद्योगी व्यवसायीको सेवा गर्ने बताए ।


क्लिकमान्डु