प्राइम र कैलाशलाई राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दियो, एकीकृत कारोबार कहिले ?



काठमाडौं । प्राइम कमर्शियल बैंक र कैलाश विकास बैंकको मर्जरलाई राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । गत साता बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको हो ।

प्राइम भन्दा कैलाश विकास बैंकले लाभांश बढी दिने, १६ % बोनस सेयर २.७७ % नगद लाभांश

‘प्राइम र कैलाशको मर्जरलाई हामीले अन्तिम स्वीकृति दिएका छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो । उनीहरुले डेढ महिनाअघि अन्तिम स्वीकृति माग्दै राष्ट्र बैंकमा आवेदन दिएका थिए ।

प्राइम बैंकमा गाभिने भयो कैलाश विकास बैंक

गत असार २० गते दुई बैंकबीच मर्जरमा जाने सैद्दान्तिक समझदारी भएको थियो । यी दुई बैंकको मर्जरलाई राष्ट्र बैंकले गत असोज दोस्रो साता सैद्दान्तिक सहमति दिएको थियो । दुई बैंकबीच गत पुस ३ गते मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

‘कन्जर्भेटिभ’ प्राइम कैलाश गाभेपछि पूँजीको आकारमा तेस्रो ठूलो बैंक बन्दै, यस्ता छन् वित्तीय सूचक

प्राइम बैंक स्रोतका अनुसार ढिलोमा २ हप्ताभित्र एकीकृत कारोबार हुनेछ ।

‘राष्ट्र बैंकबाट अन्तिम स्वीकृतिको चिठ्ठी आइपुगेको छैन, चिठ्ठी हात परेको दुई साताभित्रै एकीकृत कारोबार गर्नेछौं,’ स्रोतले भन्यो ।

प्राइमलाई कैलाश गाभ्न राष्ट्र बैंकको सैद्दान्तिक स्वीकृति

कैलाशलाई गाभेपछि प्राइम बैंकको चुक्ता पुँजी १३ अर्ब ९५ करोड र पुँजी कोष १९ अर्ब रुपैयाँ पुग्ने छ । त्यसैगरी, १ खर्ब २८ अर्ब निक्षेप र १ खर्ब १५ अर्ब रुपैयाँ कर्जा पुग्नेछ ।

देशभर २०० वटा शाखा सञ्जाल हुनेछन् भने काठमाडौंमा मात्रै ५० भन्दा बढी शाखा हुनेछन् ।


पुष्प दुलाल