प्राइम भन्दा कैलाश विकास बैंकले लाभांश बढी दिने, १६ % बोनस सेयर २.७७ % नगद लाभांश
काठमाडौं । प्राइम बैंकमा गाभिन लागेको कैलाश विकास बैंकले प्राइम बैंकभन्दा बढी लाभांश सेयरधनीलाई दिने भएको छ । कैलाशले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर २.७७ प्रतिशत नगद लाभांश दिन लागेको हो ।
प्राइम बैंकले १६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैकबाट स्वीकृति भई आगामी २६औं बार्षिक साधारण सभाबाट पारित भए पछि शेयरधनीहरुलाई वितरण गरिने बताइएको छ । विकास बंैकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठका अनुसार कैलाशले प्रस्ताव गरेको यो लाभांस बिकास बैकहरु मध्ये सबैभन्दा धेरै हो ।