हिन्दू संस्कार अनुसार स्वस्तिवाचन र रिवन काटेर भयो सुरुङ मार्गको उद्घाटन

63
Shares

काठमाडौं । नेपालको पहिलो अत्याधुनिक र व्यवसायिक नागढुंगा सुरुङमार्गको उदघाट्न सम्पन्न भएको छ ।

सोमबार बिहान पूर्वनिर्धारित कार्यतालिकाअनुसार साढे १० बजे हिन्दू परम्पराअनुसार पूजाअर्चना तथा स्वस्तिवाचन सँगै उदघाट्न कार्यक्रम सुरु भएको थियो ।

स्वस्तिवाचन सकिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पानसमा बत्ति बालेका थिए । त्यसपछि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा अकिहितो नताका, पूर्वाधारमन्त्री लम्साल, जापानीज राजदूत माइदा तोरुलगायतले संयुक्त रुपमा रिबन काटेर औपचारिक रुपमा उक्त सुरुङमार्गको उदघाट्न गरेका हुन् ।

उक्त सुरुङ मार्ग साढे २४ अर्ब लागतमा बनाइएको हो ।