मोटेक्सले नेपालमै उत्पादन गरेपछि उपभोक्ताले सस्तोमै गाडी किन्न पाउँछन्ः महाप्रसाद अधिकारी



मोटेक्सले नेपालमा गाडी एसेम्बल गर्ने प्लान्ट खोल्छु भनेर आवेदन दियो । लगानी बोर्डले आवश्यक कानूनी प्रक्रिया पूरा गरेर ‘मोटेक्स’सँग ‘प्रोजेक्ट इन्भेष्टमेन्ट एग्रिमेन्ट’ (पीआइए) गरिसकेको छ ।

आवेदनसँगै मोटेक्सले केही शर्तहरु पनि राखेको थियो । एसेम्बल प्लान्टलाई भाएवल र फिजिबल बनाउन उसले शर्तहरु राख्नु स्वभाविक नै थियो, ती शर्तहरुमा हामीले नेगोसिएशन गर्यौं ।

नेगोसिएशनका क्रममा हामीले मोटेक्सलाई विश्वासको वातावरण सिर्जना होस् भनेर नन डिस्क्लोजर एग्रिमेन्ट (एनडीए)मा हस्ताक्षर गरेका छौं । नेगोसिएशनको अवधिभर जुन डिस्क्लोज गर्न मिल्दैन ।

मोटेक्सले ७ वर्षसम्म मजस्तै अर्को कम्पनी खोल्न दिनु हुँदैन । र, ७ वर्षपनि मेरोभन्दा कम लगानीको कम्पनी आउनु हुँदैन भनेर शर्त राखेको थियो । हामीले यो शर्तलाई मानेनौं । र, उहाँहरु शर्तदेखि ब्याक हुनुभयो । र, हाम्रो कुरामा सहमत हुनुभयो ।

त्यसैगरी, केही करसँग सम्बन्धीत इन्सेन्टिभ खोज्नुभएको थियो । त्यो स्वभाविक नै हो । तयारी सवारीसाधन आउँदा र यहीँ उत्पादन गर्दा बराबर कर लगाउनु हुँदैन । लागत उठ्नु पर्यो, लगानीकर्तालाई प्रतिफल पनि चाहियो नि ।

यस विषयमा हामी नै स्पस्ट हुन नसकेका कारण यो शर्तका बारेमा हामीले यो अप्सनलाई खुल्ला नै राखेका छौं । एक खालको नेगोसिएशन टुंग्याएका कारण हामीले प्रारम्भिक सम्झौता गरिसकेका छौं ।

हुन्डाई र किया ब्राण्डका गाडी नेपालमै उत्पादन हुने, कोरियाली ‘मोटेक्स’सँग लगानी बोर्डको सम्झौता

जहाँसम्म मोेटेक्सले कुन ब्राण्डको गाडी उत्पादन गर्छ त भन्ने सन्दर्भमा हाम्रा केही विषयहरु थिए । हामीले सोधेका थियौं, नेपालमै उत्पादन गरेपछि तपाईंहरुले कित सस्तो मूल्यमा गाडी बिक्री वितरण गर्नुहुन्छ ? अधिकारीले तर, मोटेक्सले तपाईंहरुले कति इन्सेन्टिभ दिनुहुन्छ गाडीको मूल्य कति सस्तो हुन्छ भन्ने कुरा त्यसमै भर पर्छ भन्यो ।

मोटेक्सले मागेकै जति करमा सहुलियत दिने हो भने ३० देखि ४० प्रतिशत सस्तोमा गाडी बिक्री गर्छु भनेको थियो । तर हामी त्यतिधेरै सहुलिय दिनसक्ने अवस्थामा छैनौं । हामीले अर्थ मन्त्रालयसँग पनि लामो समय कुरा गर्यौं । संभव देखिएन ।

कुन ब्राण्डका गाडी उत्पादन गर्ने हो ? भनेर पनि हामीले सोधका थियौं । मोटेक्सले केही संकेतहरु दिएको छ । उसले विभिन्न ब्राण्डहरुसँग एसेम्बलका लागि सैद्दान्तिक समझदारी गरेको पनि जनाएको छ । तर, हामीलाई देखाएको भने छैन । डिस्क्लोज गर्न चाहिरहेको छैन ।

नेपालमा उत्पादन हुने भयो गाडी, कोरियाली कम्पनी ‘मोटेक्स’ सँग लगानी बोर्डको सम्झौता

हामीसँग भएको अनौपचारिक गफगाफमा हुण्डाइ र किया ब्राण्डका गाडी उत्पादन गर्ने भनेको छ । मोटेक्सले अर्को महत्वपूर्ण कुरा पनि भनेको केही ब्राण्डमा हमी सफल भयौं भने त्यो ठाउँमा अर्को लाइन थप्न सक्छौं ।

मूख्य कुरा त मोटेक्स आउनुपर्यो ।

हामीले उहाँहरुलाई भनेका छौं कि आयात गर्दा २५ लाख रुपैयाँ पर्ने गाडी यहीँ उत्पादन गर्दा डेढ÷दुई लाख रुपैयाँ सस्तो हुनुपर्छ । मोटेक्सकै मार्टेटिङका लागि पनि मूल्य केही सस्तो बनाउनु जरुरी छ । नेगोसिएशनमा यस्ता कुराहरु पनि धेरै भएका छन् । केही सस्तो उनीहरुले गर्नैपर्छ । नत्र मार्केट लिनै सक्दैनन् नि ।

मोटेक्सले अहिलेसम्म फोर ह्वीलर प्यासेञ्जर गाडी बनाएको छैन । यसको सिङज्यान भन्ने कम्पनीले ठूला इक्वीपमेन्टहरु बनाइरहेको छ । यसले इन्फोटेन्मेन्टको उत्पादन र सप्लाइ गरिरहेको छ । मोटेक्सले इन्फोटेन्मेन्ट प्लान्ट भियतनाममा राखेको छ । साउथ एशियामा जे जति इन्फोटेन्मेन्ट सप्लाई गरिरहेको छ अब नेपालको प्लान्टमार्फत गर्छु भनिरहेको छ । यो धरै नै फिजिबल छ ।

गाडी उत्पादन नगरुञ्जेलसम्म आयात गरेर बिक्री गर्न पाउनुपर्छ भनेर पनि मोटेक्सले शर्त राखेको छ । यो शर्त हामीले स्वीकार गरेका छैनौं । र, हामीले अस्वीकार गरेको कुरालाई उसले स्वीकार गरिरहेको छैन । यो विषयमा छलफल भइरहेको छ ।

मोटेक्सले अहिले ल्याउने साढे १० अर्ब रुपैयाँ हो । यो पुँजी प्लान्ट स्थापना गर्नका लागि ल्याउने हो । त्यसपछि चालू पुँजी ल्याएर उसले वस्तु उत्पादन गर्छ । त्यसैले पुँजी सानो भयो भन्ने कुरा होइन । मोटेक्सको प्लान्टको क्षमता एक वर्षमा ५० हजार सवारीसाधन उत्पादन गर्नसक्ने हो ।

बोर्डसँग भएको सम्झौता अनुसार वातावरणिय प्रभाव मूल्यांकन (इआइए) सकिएको ३ वर्षभित्र प्लान्ट स्थापना गरी गाडी उत्पादन हुनेछ ।

मोटेक्सले गाडी उत्पादन गर्न थालेपछि नेपाली उपभोक्ताहरुले निश्चय पनि केही सस्तोमा गाडी किन्न पाउँछन् । र, अर्को महत्वपूर्ण कुरा त अब नेपालमै गाडी उत्पादन हुनथाल्यो भन्ने ठूलो सन्देश जान्छ । नेपालमा विदेशीको वातावरण बन्यो भन्ने सन्देश जान्छ । सकरात्मक सन्देश बाहिर गह्यो भने थप लगानी ल्याउ सजिलो हुन्छ । त्यसैले विदेशी लगानी ल्याउने विषयमा हामी सबैले सकरात्मक सोच राखेर काम गर्नुपर्छ ।

(शुक्रबार लगानी बोर्डमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा सीइओ अधिकरीले मोटेक्सका बारेमा राखेको धारणा)


पुष्प दुलाल