नेपालमा उत्पादन हुने भयो गाडी, कोरियाली कम्पनी ‘मोटेक्स’ सँग लगानी बोर्डको सम्झौता



काठमाडौं । नेपालमा अब चार पाङ्ग्रे गाडीको उत्पादन सुरु हुने भएको छ ।

कोरियाली कम्पनी ‘मोटेक्स’सँग लगानी बोर्डले ‘प्रोजेक्ट इन्भेष्टमेन्ट एग्रिमेन्ट’ (पीआइए) गरेको छ ।

जसमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र ‘मोर्टेक्स’का अधिकारीले हस्ताक्षर गरेका छन् ।

लगानी बोर्डले आफ्नो आधिकारिक ट्वीटर एकाउन्टमार्फत सम्झौता भएको तस्बिर सार्वजनिक गरेको छ । जसमा पीआइए हस्ताक्षर भएको र परियोजनाको लागत १०५ मिलियन अमेरिकी डलर(११ अर्ब ५० करोड नेपाली रुपैयाँ)भन्दा बढी हुने छ ।


क्लिकमान्डु