एटिएम ह्याकिङ प्रकरणः सिंगापुरबाट आएको प्राविधिक टोलीले प्रतिवेदन बुझाएर फर्कियो



काठमाडौं । एटिएम ह्याकिङ प्रकरणमा सिंगापुरबाट आएको प्राविधिक टोलीले अध्ययन सकेर फर्केको छ ।

चिनियाँ ह्याकरको समुहले एटिएम ह्याक गरेर पैसा निकालेपछि राष्ट्र बैंकको अनुरोधमा विज्ञ टोली आएको थियो ।

विज्ञ टोलीले अध्ययन गरेर फर्किएको राष्ट्र बैंकले जनाएको छ ।

एटीएम ह्याक प्रकरणमा राष्ट्र बैंकको अध्ययन प्रतिवेदनः बैंकको गल्ती छैन, भिसा र नेप्सको स्वीचमा आक्रमण

१८ वटा बैंकको स्वीच उपलब्ध गराउने संस्था नेपाल इलोक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) ले पनि एटीएम प्रकरणको प्राविधिक तथ्य पत्ता लगाउन सिंगापुरको भेरी जोन कम्पनीबाट प्राविधिक बोलाएको थियो ।

चिनियाँ ह्याकरको समुहले गत १४ गते एटिएम ह्याक गरेर पैसा लुटेका थिए । बैंकको सहयोगमा ह्याकरको समुहलाई प्रहरीले प्रकाउ गर्न भने सफल भएको थियो ।


क्लिकमान्डु