बैंक र राजस्वमा फरक विवरण देखाउने दिन सकियो, ऋणको जानकारी कर कार्यालयलाई हुने



काठमाडौं । ऋण लिनको लागि नक्कली विवरण बनाउने व्यवसाय चलाउनेको दिन सकिएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गर्दै व्यवसायीले ऋण लिदा पेश गरेको विवरणलाई कर कार्यालयमा पेश गरेको विवरणसँग दाँजेर हेर्नको लागि अनुरोध गरेको छ ।

कर कार्यालय र बैंकमा छुट्टाछुट्टै विवरण बुझाउने व्यवसायीका दिन गए, राजस्वले बैंकका सीइओ बोलायो (पत्रसहित)

आन्तरिक राजस्व विभागले बैंक तथा वित्तीय संस्थाको लागि सूचना आदान प्रदान गर्ने एउटा प्रणाली विकास गरेको छ । जसबाट ऋण लिन चाहेको कम्पनी तथा फर्मको विवरण बैंकले प्राप्त गर्छ ।

बैंकबाट ऋण लिन कर कार्यालयको स्वीकृति आवश्यक, बैंकले ऋणको जानकारी कर कार्यालयलाई दिने

यदी कुनैपनि कम्पनीले कर कार्यालयमा एउटा र बैंकमा अर्को विवरण बनाएको भए त्यो कम्पनी तथा फर्मलाई कर कार्यालयले कारवाही गर्छ ।

यसरी बनाइएको सिस्टमले ऋणको जानकारी कर कार्यालयलाई पुग्छ । कतिपय व्यवसायिक फर्मले बढी ऋण समेत लेखापरिक्षणमा देखाउने गरेका थिए ।

बैंकबाट ऋण लिनुअघि व्यवसायीले यस्तो फर्म भर्नुपर्ने, छिट्टै कार्यान्वयन गर्छौंः महानिर्देशक (फर्मसहित)

व्यवसायिक कारोबारलाई पारदर्शी बनाउनको लागि सरकारले बजेटमा नै कर कार्यालय र बैंकमा बुझाउने विवरण एउटै हुनुपर्ने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गर्दै सो व्यवस्था कार्यान्वयनमा आएको जनाएको छ ।


क्लिकमान्डु