१०० रुपैयाँ पर्ने सामानको १३% कति हुन्छ भनेर थाहा नपाउने व्यवसायी छन्ः अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले धेरै कमाउने उद्योगी व्यवसायीले १०० रुपैयाँ पर्ने सामानको १३ प्रतिशतको कति होला भनेर अलमलिने समय नरहेको बतताएका छन् ।

आन्तरिक राजश्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठी कार्यक्रममा मन्त्री खतिवडाले यस्तो बताए । कार्यक्रममा खतिवडाले अहिले पनि दिनभरी ब्यापार व्यवसाय गर्ने र साँझ परेपछि दिनभरीको बिल काट्ने कार्य रहेको भन्दै यसलाई तत्काल बन्दहुनुपर्ने बताए ।

‘दिनभरी व्यापार गरेर साँझ परेपछि भन्सारको बील बिजक खोजेर बील काटेर देश चल्दैन, अब यो प्रवृतिको अन्त्य हुनुपर्छ,’ मन्त्री खतिवडाले भने ।

उनले अझै पनि करको विषयमा धेरै नै बुझाउन आवश्यक रहेको धारणा राखे । यो वर्ष २० प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि गर्ने लक्ष्य रहेको बताउँदै निरन्तर ३ आर्थिक वर्षको भएको आर्थिक वृद्धिले यो लक्ष्य पुरा हुने जानकारी दिए ।

‘त्यही भएर हामीले उच्च लक्ष्य राखेको हो, अहिलेसम्म पनि हामी राजश्व वृद्धिदरमा सन्तुष्ठ नै छौं,’ उनले भने ।

अनौपचारी क्षेत्रको कारोबारले गर्दा औपचारिक क्षेत्रको कारोबारमा समस्या भएको भन्दै यो पीडा अझै पनि उद्योगीले भन्ने नसकेको मन्त्रीको बुझाई छ ।

पछिलो समयमा सरकारले उद्योगी व्यवसायीको कुरा नसुनेको भन्ने गुनासो आएको भन्दै यो सरकारले सबैको गुनासो सुुन्ने मात्र नभएर ती गुनासोको सुनुवाइ समेत गर्ने तर्क गरे ।

सरकारले धेरै नागरिकलाई करको दायरामा ल्याउन लागेको र सरकार आर्थिक स्थायित्व तर्फ लागेको धारण राखेका छन् ।

मन्त्री खतिवडाले आगामी दिनमा अन्तशुल्क करको दायरा पनि कम गर्दै लैजाने जानकारी गराएका छन् । उनले राजश्व बोर्ड गठनको प्रक्रियामा रहेको जानकारी गराउँदै त्यसले कर सम्बन्धी समस्या समाधान गर्ने धारणा राखेका छन् ।

कार्यक्रममा राजश्व सचिव लालशंकर घिमिरेले नेपालमा कमाएर पनि कर नतिर्ने प्रचलन रहेको तर्क गरे । अहिले कर प्रशासनले कसैलाई पनि कर तिर भनेर धरपक भने नगरेको जानकारी गराए ।

‘अहिले सरकार नीजि क्षेत्रपनि उदार भएर नीजि क्षेत्रसँग नजिक भएर कर तिर्ने वाताबरण बनाउन लागेका छौं,’ उनले भने ।

उनले अहिले कुल ग्राहस्र्थ उत्पादन (जिडीपी) को ८२ प्रतिशत उपभोगमा खर्च भएको जानकारी गराए ।

कार्यक्रममा चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले सरकारले आयात घटाएर उत्पादन बढाउन औद्योगिकरण नीति अपनाउन आवश्यक रहेको बताए ।

उनले भने ‘सरकारले औद्योगिकरण नीति लाई प्रभावकारी रुपमा अबलम्बन गर्न सकेको खण्डमा आयात घटेर आन्तरिक उत्पादनमा मजबुत हुन सकिने थियो ।’

कार्यक्रममा उनले कर तिर्न १ दिन ढिला भयो भनेपनि दोब्बर जरिवाना लाग्ने गरेको भन्दै यसलाई सहजिकरण गर्न आवश्य रहेको तर्क गरे ।

अहिले भन्सारको कारोबार मूल्य नहुँदा समस्या आएको भन्दै तत्काल भन्सार मूल्यको व्यवस्था गर्न आग्रह गरे ।

दर्शै नजिकिएसँगै बजार अनुगमन हुने र त्यो समयमा कालोबजारी ऐन निकै चर्चामा रहने भएकोले त्यसलाई समय सापेक्ष बनाउन समेत आग्रह गरेका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले पहिला राजश्व विभागमा जाँदा निकै डर लाग्ने गरेको भएपनि अहिले त्यो समस्या समाधान भएको बताए ।

‘तैपनि कर तर्न मान्छेलाई अझै उत्प्रेरित गर्न आवश्यक छ । ताकी यसले ब्यापारघाटा काम गर्न मद्दत गरोस्,’ उनले भने ।


पुष्प दुलाल