![](https://clickmandu.com/wp-content/uploads/2024/12/nea-cover-kulman-768x403.png)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगमा पुन: लाइन काट्ने तयारी गरेको छ ।
विभिन्न दबाबमुलक कार्यहरु गर्दा समेत बक्यौता तिर्न नआएको भन्दै प्राधिकरणले लाइन काट्ने तयारी गरेको हो । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत नियमन आयोगसँग लाइन काट्ने सहमतिका लागि पत्र पठाएको बताए । ‘हामीले दबाब मुलक कार्यहरु गर्दा समेत बक्यौता उठेन । लाइन काटिहाल्ने भन्ने होइन् । विद्युत नियमन आयोगसँग आवश्यक परे लाइन काट्ने सम्मको सहमति मागेर पत्र लेखेको हो,’ उनले भने ।
प्राधिकरणले बक्यौता नतिरेको भन्दै उद्योगीको खाता रोक्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भुक्तानी रोकेर बक्यौता उठाउने, बक्यौता रहेका उद्योगी सञ्चालकको घरको लाइन काट्ने चेतावनी दिएको थियो । आइपिओ निष्कास रोक्न सेबोनलाई पत्राचार समेत गरेको थियो ।
दबाबमुलक विभिन्न कार्यहरु गर्दा समेत बक्यौता तिर्न नआएको भन्दै प्राधिकरणले पुन:लाइन काट्ने तयारी गरेको हो ।
उद्योगी र प्राधिकरणबीच ट्रंक र डेडिकेटेडलाइनको बक्यौतामा विवाद छ । उद्योगीहरुले फर्जी बिल भन्दै आएका छन् भने प्राधिकरण जसरी पनि उठाउनेमा छ । उद्योगीहरुले टाइम्स अफ डे मिटरिङको रेकर्ड मागिरहेका छन् । प्राधिकरणले दिन सकेको छैन् ।
प्रतिक्रिया