![](https://clickmandu.com/wp-content/uploads/2025/02/1-1-768x512.jpg)
काठमडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र नेपाल पर्वतारोहण संघबीच बिमाको सम्झौता भएको छ ।
संघले आफना स्रोत सदस्य पदयात्रा एजेन्सीहरु मार्फत पर्वतारोहण लागि जाने सहयोगी पथप्रदर्शक, सरदार, वरिष्ठ सहयोगी, तथा अन्य सहायकहरुका लागि न्यूनतम मुल्यमा ट्रेकिङ बीमा सुविधा उपलब्ध गराउने गरी सम्झौता गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट जारी पर्यटन नियमावली अनुसार पर्वतारोहण दलका सहयोगी सदस्यहरुको लागि न्यनतम १५ लाख बराबरको दुर्घटना बीमा, ४ लाख बराबरको स्वास्थ उपचार बीमा तथा १० हजार अमेरिकी डलर बराबरको खोजतलास तथा हेलिकोप्टर उद्धार बीमा गरिनुपर्ने व्यवस्था अनुरुप नेपाल पर्वतारोहण संघद्वारा सूचीबद्ध २७ चुचूराहरुको लागि विशेष बीमा योजना ल्याएको छ ।
साविकमा पदयात्रा एजेन्सीहरुले महंगो शल्कमा बीमालेख खरिद गर्नु परेको अवस्थालाई मध्यनजर गर्दै सहुलियत दरमा यो बीमा योजना ल्याएको जनाएको छ । सम्झौतापत्रमा संघका अध्यक्ष निमानुरु शेर्पा र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेक छन् । यो सिजनका लागि ट्रेकिङ बीमा योजना मार्च १, २०२५ देखि लागु हुनेछ ।
प्रतिक्रिया