यती एयरलाइन्सको जहाज दुर्घटनामा परेका भट्टराई भन्छन्- ठूलो कालबाट बाँचियो (अडियो)



नेपालगञ्जबाट जहाज हिँड्ने बेलामा सिमसिम पानी परिरहेको थियो । मौसम ठीक भएरै होला जहाज उठाउन अनुमति दिएको । काठमाडौं आइपुग्नै लाग्दा जहाज एकदमै हल्लियो । अवतरण गर्ने क्रममा त अत्याधिक नै हल्लाएको थियो ।

मलाई मौसमको कारण यसरी हल्लाएको होला भने महशुस भएको थियो ।

मानिसहरु जहाजमा आत्तिएका थिए । आकाशमा नै हुँदा जहाज हल्लिरहेको छ । त्यहा भएको बच्चा रोहिरहेको थियो ।

जब जहाज अवतरण गर्नको लागि धावनमार्गमा कोटेश्वर तर्फबाट अतवरण हुने क्रममा जब ओर्लियो धावनमार्गमा चक्का राख्यो ।

धावनमार्गमा अत्याधिक पानी थियो । जहाज पानीका कारण चिप्लिएर सय डेढ सय दुई सय मिटर पर गयो ।

यती एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान बन्द

जाहज अवतरण भएपछि इन्जिन बन्द भयो । पछाडिको ढोका खोल्यो । र, हामीलाई बाहिर निकालियो । ठूलो दुर्घटना त भएन । तर, कालको मुखबाट बाचियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएपछि विदेशबाट आएका जहाज डाइभर्ट

प्राविधिकहरुले के कारण भएको भन्ने होलान् । तर, यती ठूलो दुर्घटना हुनबाट जोगिएपछि यती एयरलाइन्सले भने केहीपनि रेस्पोन्स गरेन । एभिएसनको नियम हामीलाई थाह भएन ।

म नेपालगञ्जमा बस्छु । काठमाडौं आइरहन्छु । जहाज धेरै पटक चढेको छ । तर यस्तो घटना भने पहिलो पटक भोगेँ ।

यदि पानी नपरेरको कारण जहाज चिप्लिएको भए आगोलागी हुने थियो । र, ठूलो दुर्घटना हुने थियो । पानी परेको कारण जहाज चिप्लिए पनि आगो लाग्न पाएन । दम्कल र उद्दारटोली पनि झट्टै आइपुग्यो ।

यती एयरलाइन्सले केही पनि भनेन । त्यही पनि बाचियो त्यही नै ठूलो कुरा हो ।


पुष्प दुलाल