त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएपछि विदेशबाट आएका जहाज डाइभर्ट



काठमाडौं । यती एयरलाइन्सको जहाज अतवरणको क्रममा चिप्लेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि उडान बन्द भएको छ ।

शुक्रबार परेको झरीको कारण विमानस्थलबाट आन्तरिक तर्फका धेरैवटा उडान स्थगित भएको थियो । नेपालगन्जबाट आएको यतीको विमान अवतरणको क्रममा रनवेमा चिप्लिएको थियो ।

अहिले विमानस्थलमा उडान र अतवरणको काम अनिश्चितकालको लागि स्थगित भएको छ । विमानस्थलको उडान अनिश्चितकालिन रुपमा स्थगित भएसँगै काठमाडौंमा अवतरण गर्न लागेका जहाजहरु भारततर्फ ‘डाइभर्ट’ भएका छन् ।

दुबईबाट काठमाडौं अवतरण गर्न लागेको नेपाल एयरलाइन्सको जहाज नयाँ दिल्लीमा अतवरण गर्नको लागि हिडेको छ ।

यस्तै एयर चाइनको जहाज तिब्बत तर्फ डाइभर्ट भएको छ । हिमालयन एयरलाइन्स बनारस,कतार एयरवेजय कलकत्ता तर्फ डाइभर्ट भएको छ ।

नेपाली आकाशमा रहेको थाई एयरवेयज भने घुमिरहेको छ ।


क्लिकमान्डु