यती एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान बन्द



काठमाडौं । यती एयरलाइन्सको जहाज अतवरणको क्रममा धावनमार्गमा चिप्लिदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अनिश्चितकालको लागि बन्द भएको छ ।

जहाजमा रहेको यात्रुलाई अहिले शकुशल उद्दार गरिएको छ । दुई यात्रु घाइते भएको जनाइएको छ ।

जहाज चिप्लिएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उड्ने आन्तरिक र बाह्य उडान अनिश्चितकालको लागि बन्द भएको छ ।

शुक्रबार बिहान ११ः५ मा नेपालगञ्ज बाट काठमाडौं आएको जहाज अवतरणको क्रममा जहाज धावनमार्गमा चिप्लिएको हो । जहाजमा ६६ जना यात्रु सवार थिए । त्यसमा ६४ जना बयस्क यात्रु थिए भने २ जना बच्चा थिए ।

यस्तै, ३ जना फ्लाइट क्रु थिए । ९ एन एएमएम कल साइन भएको उक्त जहाजका यात्रु र उडान सदस्यलाई सकूशल उद्दार गरिएको छ ।


क्लिकमान्डु