जोडी खोज्न लक्ष्मी बैंकले ४ सदस्यीय कमिटि गठन गर्यो
काठमाडौं । लक्ष्मी बैंकले मर्जरका लागि जोडी खोज्न ४ सदस्यीय कमिटि गठन गरेको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले सञ्चालकको संयोजकत्वमा मर्जर कमिटि गठन गरेको हो ।
बैंकका सञ्चालक समिति सदस्यको संयोजकत्वमा मर्जर कमिटि गठन भएको हो ।
‘मर्जरका जानका लागि हाम्रो बैंकले कमिटि गठन गरेको छ,’ प्रमुख कार्यकारी अधिकृत अजयबिक्रम शाहले क्लिकमाण्डूसँग भने, ‘मौद्रिक नीति अगाडि मर्जरका लागि भएको प्रगति र बैंकको धारणा बुझाउँछौं ।’
आफूहरु पहिलेदेखि नै मर्जरको पक्षमा रहेको उनले जानकारी दिए ।
‘हामी झन्डै ३ वर्षदेखि मर्जरको प्रक्रियामा थियौं, तर सफल भएन,’ उनले भने, ‘अब पनि मर्जर नै हाम्रो प्राथमिकता हो ।’
३ वर्षअघि देखि एभरेष्ट बैंक र लक्ष्मी बैंकबीच मर्जरको कुराकानी भएको थियो । तर, स्वाप रेसियो लगायतका कुरा नमिल्दा मर्ज हुन सकेन । प्रक्रिया नै अवरुद्ध भएको थियो ।