सांग्रिला डेभलपमेन्ट बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बीच जीवन बीमा पोलिसीहरु खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ ।

बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृतसुयोग श्रेष्ठ र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले हस्ताक्षर गरे ।

सम्झौतापत्र अनुसार अव यस बैंकका ग्राहक महानुभावहरुले यस बेंकको मुलुकभर फैलिएको ८५ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।


पुष्प दुलाल