सनराइज बैंकका अध्यक्ष दुगड भन्छन्- शैैलेन्द्रजीले धोका दिनुभयो



काठमाडौ । सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले बैंकको सिइओ नियुक्तीको विषयमा संचालक शैलेन्द्र गुरागाईँले धोका दिएको बताएका छन् ।

सनराइज बैंकको संचालक समितिको बैठकले निरज श्रेष्ठलाई असार २ देखि लागु हुने गरेर सिइओ पदमा नियुक्ती दिएको थियो । तर,सनराइज बैंकका संचालक सैलेन्द्र गुरागाईँ र मालचन्द्र दुगडको असहमतिले कारण श्रेष्ठले पदभार ग्रहण गर्न सकेनन् ।

अहिले यो विषय राष्ट्र बैंकमा पुगेको छ । सहमतिमा नै सिइओ नियुक्ती भएपनि पछि गुरागाईँले असहमति जनाएको आरोप अध्यक्ष दुगडको छ ।

सीइओ नियुक्तिमा बखेडा झिक्दा शैलेन्द्रलाई युवराज खतिवडाले यस्तो ‘ट्रिट’ गरेका थिए

‘उहाँसग सहमति गरेर नै श्रेष्ठलाई सिइओमा नियुक्ती गरिएको हो,पछि किन विरोध गर्नुभयो थाह छैन,’दुगडले क्लिकमाण्डूसँग भने ।

सनराइज बैंकको संचालक समितिले सिइओ नियुक्ती गर्ने दिन मालचन्द्र भने नेपालमा थिएनन् । गुरागाईँले सहमति जनाएपनि उनले माइन्युटमा हस्ताक्षर गरेका छैनन् ।

संचालक समितिमा देखिएको विवादको कारण ३० वर्षे बैंकिङ क्षेत्रमा बिताएका श्रेष्ठलाई भने तनाव भएको छ । श्रेष्ठले संचालकहरुको विवाद नसल्टदासम्म सिइओ खान नजाने बताएका छन् ।

राष्ट्र बैंकमा नै सिइओ नियुक्तीको उजुरी परेको हुँदा राष्ट्र बैंकले नै यो विषयलाई अब सम्बोधन गर्ने छ । संचालकबीचको विवाद समाधान नभएमा संचालक समिति नै भंग गर्न सक्ने चेतावनी अनौपचारिक रुपमा राष्ट्र बैंकले दिएको छ ।


क्लिकमान्डु