कर्मचारी आकर्षित गर्न ३ नम्बर प्रदेशको शूत्रः एक महिनाको थप तलब दिने घोषणा



काठमाडौं। प्रदेश नं ३ ले आफ्नो प्रदेशमा कार्यरत कर्मचारीलाई थप १ महिनाको तलब दिने भएको छ । प्रदेश ३ का अर्थमन्त्री कैलाश ढुंगेलले आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्वजानिक गर्दै यस्तो घोषणा गरे ।

यो प्रदेशले ‘प्रदेश निजामती सेवा पुरस्कार’को पनि व्यवस्था गरेको छ । कर्मचारी आकर्षित गर्न अतिरिक्त सुविधा र पुरस्कारको व्यवस्था गरिएको अर्थमन्त्री ढुंगेलले बताए ।

‘प्रदेश ३ को इच्छा, छोरी बुहारीलाई उच्च शिक्षा’: यस्तो छ ४७ अर्ब ६० करोडको बजेट (पूर्णपाठ)

अर्थमन्त्रीको उक्त घोषणासँगै आगामी साउन १ गतेदेखि यो प्रदेशमा कायरत सरकारी कर्मचारीहरुले थप एक महिनाको तलब पाउने भएका छन् ।

सरकारी कर्मचारीलाई घुम्नका लागि २ नम्बर प्रदेशले थप १ महिनाको तलब दिने (पूर्णपाठ)

‘आजका मितिसम्म प्रदेश सरकारका मन्त्रालय, सचिवालय तथा केन्द्रीय निकायमा कार्यरत रही कम्तिमा तीन महिना प्रदेश सरकारमा सेवा अवधि व्यतित गरेका कर्मचारीलाई थप उत्प्रेरित तुल्याउन र अन्य कर्मचारीहरुलाई केन्द्रीय निकायमा आकर्षित गर्न उत्प्रेरणास्वरुप केन्द्रीय निकायमा कार्यरत कर्मचारीलाई एक महिनाको तलब बराबरको रकम प्रोत्साहनस्वरुप उपलब्ध गराउन बजेटको व्यवस्था मिलाएको छु ।’ बजेटको बुँदा नं १८४ मा उल्लेख छ ।


पुष्प दुलाल