‘प्रदेश ३ को इच्छा, छोरी बुहारीलाई उच्च शिक्षा’: यस्तो छ ४७ अर्ब ६० करोडको बजेट (पूर्णपाठ)



काठमाडौं । प्रदेश नम्बर ३ ले आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ रुपैयाँको बजेट ल्याएको छ ।

उक्त बजेटमा चालुतर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगत तर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

कर्मचारी आकर्षित गर्न ३ नम्बर प्रदेशको शूत्रः एक महिनाको थप तलब दिने घोषणा

बजेटमा ‘प्रदेश तीनको इच्छा, छोरी बुहारीलाई उच्च शिक्षा’ भन्ने अभियानलाई आगामी आर्थिक वर्षमा लोपोन्मुख, अल्पसंख्यक, अतिसीमान्तकृत एंव विपन्न वर्ग तथा समुदाय र हिमाली तथा विकट पहाडी जिल्लास्थित सरकारी तथा सामुदायिक क्याम्पसमा अध्ययनरत गरीब तथा जेहेनदार छात्रालाई स्नातक तथा स्नातकोत्तर तहको अध्ययनका लागि छात्रवृति उपलब्ध गराउन छोरी बुहारी छात्रवृति कार्यक्रम सञ्चालन गरिने’ उल्लेख छ ।

यस्तै बजेटमा ‘निरक्षरता मुक्त प्रदेश तीन, पूर्ण साक्षर भएको उज्यालो दिन’ मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम, एक विद्यालय एक नर्स, किशोरी विकास कार्यक्रम, एक स्थानीय तहः एक विशेष उत्पादन, प्रदेश भ्रमण दशक, एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्राम जस्ता कार्यक्रम बजेटमा रहेका छन् ।


क्लिकमान्डु