हिमालयन बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, कति पाइन्छ ब्याज ?



काठमाडौं । हिमालयन बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । आगामी असारमै निकाल्नेगरी तयारी भइरकेको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए ।

‘आगामी हप्ता धितोपत्र बोर्डबाट अनुमति पाउँछौं, त्यसपछि राष्ट्र बैंकबाट अनुमति लिएर असारभित्रै ऋणपत्र जारी गर्ने तयारी गरिरहेका छौैं,’ सीइओ राणाले क्लिकमाण्डूसँग भने ।

पुँजी जुटाउनका लागि ऋणपत्र निष्काशन गर्न लागिएको उनले जानारी दिए ।

केयर नेपालले बैंकको उक्त ऋणपत्रको रेटिङ गरेको छ । केयर नेपालले बैंकको ऋणपत्रलाई सिंगल ए रेटिङ दिएको छ ।

बैंकले १० प्रतिशत ब्याजदरमा ‘हिमालय बैंक २०८३’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो ।

केयर नेपालाले बैंकको ऋणपत्रमा लगानी गर्नु सुरक्षित रहेको जनाएको छ ।

संस्थागत प्रवद्र्धक, अनुभवी सञ्चालक र व्यवस्थापन टिम, भौगोलिक विविधितामा बैंकको पहुँच भएकाले बैंकको अवस्था राम्रो भएको केयर नेपालले जनाएको छ ।

वितेका ३ वर्षमा बैंकको व्यवसाय विस्तारा राम्रो छ । बैंकले राष्ट्र बैंकको कम्प्लाइन्सको पालना गर्दै ऋणको विधिकरण गरेकाले जोखिम कम छ । बैंकको समपत्ति औषत बैंकिङको भन्दा निकै राम्रो छ । बैंकले नाफा लगातार बढाउँदै गएको छ ।

२७ वर्षअघि स्थापना भएको बैंकका प्रवद्धकहरु पनि राम्रो भएको केयर नेपालले जनाएको छ । कर्मचारी सञ्चयक कोष र हबिब बैंक पाकिस्तान यो बैंकको प्रवद्धक छन् ।

बैंक व्यावसायिक ढंगले चलेकाले बैंकमा कुनैपनि समस्या नभएको इक्राले भनेको छ । १५ वर्षदेखि बैंकको अध्यक्षमा मनोजबहादुर श्रेष्ठ छन् ।

बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड ५० लाख रुपैयाँ छ । पछिल्ला ३÷४ वर्षमा बैंकले औषतमा १०.६७ प्रतिशत निक्षेप बढाएको छ । सीसीडी रेसियो पनि राष्ट्र बैंकको सीमाभत्रै छ ।


पुष्प दुलाल