प्रभु बैंकको ऋणपत्रले पायो यस्तो रेटिङ

क्लिकमान्डु २०७६ जेठ २७ गते ११:१८ मा प्रकाशित

काठमाडौं । प्रभु बैंकले निकट भविस्यमा नै १० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ । ऋणपत्र बिक्री अगाडि बढाउनु अघि उक्त ऋणपत्रको रेटिङ गराएको छ ।

इक्रा नेपालले गरेको रेटिङमा प्रभु बैंकको ऋणपत्रले एलबिबिबि रेटिङ पाएको छ । त्यो भनेको मध्यमरुपमा सुरक्षित रहेको जनाउ दिने संकेत हो ।

ऋणपत्र जारी गर्नको लागि यही जेठ ६ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

कूल १० लाख कित्ता मध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि र ६ लाख कित्ता संघ संस्थालाई छुट्याएको छ । बैंकले १० प्रतिशत ब्याजदरमा २०८६ सम्मको लागि ऋणपत्र बिक्री गर्न लागेको हो । ऋणपत्रको विक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स