कुन मन्त्रीको जिल्लामा कति बजेट ? (सूचिसहित)
काठमाडौं । केपी ओली नेतृत्वको सरकारले स्थानीय तह (गाउँपालिका, नगरपालिका र महानगरपालिका) लाई २ खर्ब १३ अर्ब ८२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७का लागि स्थानीय तहलाई उक्त बजेट विनियोजन गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडाको जिल्ला झापाले ५ अर्ब १५ करोड ५९ लाख रुपैयाँ बजेट पाएको छ ।
त्यस्तै, सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डित र कानून मन्त्री भानुभक्त ढकालको जिल्ला मोरङले ५ अर्ब ६१ करोड ६९ लाख रुपैयाँ पाएको छ भने गृहमन्त्री रामबहादुर थापा बादलको जिल्ला चितवनले ३ अर्ब ५१ करडा ५३ लाख रुपैयाँ पाएको छ ।
त्यस्तै, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादबको जिल्ला सप्तरीले ४ अर्ब ६३ करोड ३३ लाख रुपैयाँ बजेट पाएको छ ।
त्यसैगरी, उर्जामन्त्री वर्षमान पुनको जिल्ला रोल्पाले २ अर्ब २४ करोड ६२ लाख रुपैयाँ पाएको छ भने श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको जिल्ला गुल्मीले ३ अर्ब १६ करोड ९९ लाख रुपैयाँ बजेट पाएको छ ।
सञ्चार मन्त्री गोकुल बाँस्कोटाको जिल्ला काभ्रेपलाञ्चोकले ३ अर्ब ५८ करोड २ लाख रुपैयाँ पाएको छ भने वनमन्त्री शक्तिबहादुर बस्नेतको जिल्ला जाजरकोटले १ अर्ब ८२ करोड १ लाख रुपैयाँ पाएको छ ।
खानेपानीमन्त्री बिना मगरको जिल्ला कञ्चनपुरले २ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ पाएको छ भने उद्योगमन्त्री मातृका यादबको जिल्ला धनुसाले ४ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ पाएको छ ।
पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जिल्ला डढेलधुराले १ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ मात्रै बजेट पाएको छ ।
कुन मन्त्रीको जिल्लामा कति बजेट ?
नाम | मन्त्रालय | जिल्ला | बजेट |
केपी शर्मा ओली | प्रधानमन्त्री र पर्यटन | झापा | ५ अर्ब १५ करोड ५९ लाख |
ईश्वर पोखरेल | उपप्रधान तथा रक्षा | काठमाडौं | ५ अर्ब ६० करोड ५० लाख |
उपेन्द्र यादव | उप–प्रधान तथा स्वास्थ्य तथा जनसंख्या | सप्तरी | ४ अर्ब ६३ करोड ३३ लाख |
रामबहादुर थापा | गृह | चितवन | ३ अर्ब ५१ करोड ५३ लाख |
प्रदीपकुमार ज्ञवाली | परराष्ट्र | गुल्मी | ३ अर्ब १६ करोड ९९ लाख |
गिरिराजमणि पोखरेल | शिक्षा, विज्ञान तथा प्रविधि | महोत्तरी | ४ अर्ब १४ करोड २५ लाख |
बर्षमान पुन | ऊर्जा, जलस्रोत तथा सिँचाई | रोल्पा | २ अर्ब २४ करोड ६२ लाख |
रघुबीर महासेठ | भौतिक पूर्वाधार तथा यातायात | धनुषा | ४ अर्ब ८२ करोड ६६ लाख |
गोकर्ण विष्ट | श्रम तथा रोजगार | गुल्मी | ३ अर्ब १६ करोड ९९ लाख |
लालबाबु पण्डित | सामान्य प्रशासन | मोरङ | ५ अर्ब ६१ करोड ६९ लाख |
मातृकाप्रसाद यादव | उद्योग, वाणिज्य तथा आपूर्ति | धनुषा | ४ अर्ब ८२ करोड ६६ लाख |
चक्रपाणी खनाल | कृषि तथा पशुपंक्षी विकास | कपिलबस्तु | ३ अर्ब ६४ करोड २२ लाख |
थममाया थापा | महिला तथा बालबालिका | म्याग्दी | १ अर्ब ४२ करोड ६९ लाख |
शक्तिबहादुर वस्नेत | वन तथा वातावरण | जाजरकोट | १ अर्ब ८२ करोड १ लाख |
युवराज खतिवडा | अर्थ | झापा | ५ अर्ब १५ करोड ५९ लाख |
मोहम्मद इश्तियाक राई | सहरी विकास | बाँके | २ अर्ब ९० करोड ११ लाख |
जगतबहादुर विक | युवा तथा खेलकुद | कास्की | २ अर्ब ८६ करोड ६ लाख |
गोकुलवाँस्कोटा | सञ्चार तथा सूचना प्रविधि | काभ्रे | ३ अर्ब ५८ करोड २ लाख |
बिना मगर | खानेपानी | कञ्चनपुर | २ अर्ब ७४ करोड ५३ लाख |
पदमाकुमारी अर्याल | भूमि व्यवस्था तथा सहकारी | स्याङजा | ३ अर्ब १७ करोड ४६ लाख |
धनबहादुर बुढा | संस्कृति, पर्यटन तथा नागरिक उड्यन | डोल्पा | १ अर्ब २२ करोड ३५ लाख |
रामकुमारी चौधरी | कृषि तथा पशुपंक्षी विकास | सुनसरी | ४ अर्ब ३८ करोड ७९ लाख |
डा.सुरेन्द्रकुमार यादव | स्वास्थ्य तथा जनसंख्या | महोत्तरी | ४ अर्ब १४ करोड २५ लाख |