मुक्तिनाथ विकास बैंकको डेपुटी सीइओमा समिर शेखर बज्राचार्य नियुक्त



काठमाडौं । मुक्तिनाथ विकास बैंकले डेपुटी सीइओमा बैंकर समिर शेखर बज्राचार्यलाई नियुक्ति गरेको छ । त्रिभुवन विश्व विद्यालयबाट एमबिए गरेका बज्राचार्य यसअघि गण्डकी विकास बैंकको डेपुटी सीइओ थिए ।

दुई दशकअघि पोखरा फाइनान्सबाट बैंकिङ करियर शुरु गरेका बज्राचार्य तत्कालीन विश्व विकास बैंकको प्रमुख कार्यकारी अधिकृत ( सीइओ) भएर काम गरिसकेका व्यक्ति हुन् ।

समिर शेखर बज्राचार्यले गण्डकी छाड्ने, अब मुक्तिनाथ विकास बैंकको डेपुटी सीइओ हुने

उनीसँग विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा करीब १८ वर्षको अनुभव रहेको छ ।

पाल्पामा जन्मिएका उनले पोखरालाई कर्मक्षेत्र बाएका थिए । केही वर्षयतादेखि उनी काठमाडौं बस्छन् ।

विश्व विकास बैंक फेवा फाइनान्ससँग मर्ज भएपछि डेपुटी सीइओ र फेवा फाइनान्स गण्डकी विकास बैंकमा मर्ज भएपछि बज्राचार्य डेपुटी सीइओको रुपमा कार्यरत थिए । उनीसँग विदेशी संस्थामा केही वर्ष काम गरेको पनि अनुभव छ ।

बैंकको इन्टरनल अपरेशनमा विशेष दख्खल राख्ने बज्राचार्यलाई भद्र बैंकरको रुपमा लिइन्छ ।

एक नम्बरको मुक्तिनाथ विकास बैंकले उच्च व्यवस्थापनको टिम बढाइरहेको छ । संस्थापक सीइओ भरतराज ढकालले छाडेपछि प्रधुम्न पोखरेल बैंकको सीइओको रुपमा कार्यरत छन् ।

बैंकलाई अझै शशक्त बनाउन उनले टिम विस्तार गरेका हुन् । तिलबहादुर गुरुङ र गोविन्द बहादुर राउत एसिस्टेन्ट डेपुटी सीइओ छन् ।
बज्राचार्य बैंक व्यवस्थापनको सेकेन्ड म्यान भएका हुन् ।

बज्राचार्य र बैंकबीच भएको सहमति अनुसार उनी जेठ १ गतेदेखि काम गर्ने सहमति भएको थियो। तर, केही प्रावधिक कारणले केही ढिला भएको हो ।


पुष्प दुलाल