अब बैंकहरुले उपहार दिएर निक्षेप तान्न नपाउने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अब निक्षेपकर्तालाई विभिन्न किसिमका उपहार दिएर निक्षेप तान्न नपाउने भएका छन् । बैंकहरुले निक्षेप आकर्षित गर्न सुन चाँदीका सिक्का लगायत उपहार दिने योजना सार्वजानिक गरिरहेका थिए ।

अब बैंकहरुले निक्षेपकर्तालाई उपहार दिन नपाउने

उपहार दिएर निक्षेप आकर्षित गर्नु कानूनसंवत नभएको भन्दै राष्ट्र बैंकले त्यसो नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गरेको हो ।

‘बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलन गर्दा सुनचाँदीका सिक्का लगायत कुनैपनि किसिमका उपहार प्रदान गर्न पाइने छैन,’ राष्ट्र बैंकले बिहीबार जारी गरेको निर्देशनमा भनिएको छ ।


पुष्प दुलाल