प्राइम र ओमलाई राष्ट्र बैंकको कारबाहीः अर्को मर्ज नगरेसम्म शाखा खोल्न नपाउने



काठमाडौं । एक्विजिसन प्रक्रियाबाट अलग हुने निर्णय गरेका प्राइम बैंक र ओम डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले ३ प्रकारका कारबाही गर्ने भएको छ । राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिमा प्राइम र ओमलाई कारबाही गर्ने विषयमा छलफल भएको हो ।

राष्ट्र बैंक स्रोतका अनुसार यी संस्थालाई एक्विजिसनका लागि दिएको सैद्दान्तिक सहमति खारेजी गर्दै ३ प्रकारका कारबाही गर्ने छलफल भएको हो । निर्णय भने भइसकेको छैन ।

मर्जर तोड्ने प्राइम र ओमलाई राष्ट्र बैंकले कस्तो कारबाही गर्ला ? यस्तो छ तयारी

‘सञ्चालक समितिलाई सचेत गराउने, अर्को मर्जर वा एक्वायर नभएसम्म शाखा खोल्न नदिने र पनुरकर्जा सुविधा उपलब्ध नगराउने विषयमा छलफल भएको छ,’ स्रोतले भन्यो, ‘निर्णय भइसकेको छैन, संभवत यही नै निर्णय हुन्छ ।’

प्राइम र ओमका अध्यक्षबीच गत भदौ ३ गते एक्विजिसन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

प्राइम र ओम बैंकलाई राष्ट्र बैंकको चेतावनीः मिलेर जानुहुन्छ कि कारबाही गरौं ?

कर्मचारी समायोजन लगायतका विषयमा कुरा नमिलेपछि यी दुई संस्थाबीचको एक्विजिसन प्रक्रिया अवरुद्ध भएको हो । दुबै संस्थाले प्रक्रिया अवरुद्ध हुनुमा एकअर्कालाई दोष लगाएका छन् ।

एक्विजिसन प्रक्रिया सक्नका लागि राष्ट्र बैंकले यही बैशाख १३ गतेसम्मका लागि समय दिएको थियो । उक्त मितिमा दुबै बैंकले अलग हुनका लागि आवेदन दिएका थिए ।

एभरेष्ट र लक्ष्मीको मर्जरमा चुकेको राष्ट्र बैंक प्राइम र ओममा नचुकोस्, अब यसो गरौं

बैशाख ८ गते राष्ट्र बैंकका नियमन विभागका कार्यकारी निर्देशक नारायण पौडेलको संयोजकत्वमा प्राइम र ओमका प्रतिनिधि र विभागकै अन्य कर्मचारीहरुबीच छलफल भएको थियो । प्रक्रिया तोडे राष्ट्र बैंकले कारबाही गर्ने चेतावनी दिँदादिँदै पनि यी संस्थाले अलग हुने निर्णय गरेका हुन् ।


पुष्प दुलाल