एक भरिया जो ३० अर्ब बढी व्यापारको साम्राज्यमा उड्दाउड्दै आकाशमा अस्ताए
काठमाडौं । ताप्लेजुङमा पर्यटनमन्त्री सवार हेलिकप्टर दुर्घटनामा परेर मन्त्री सहित सातजनाको निधन भयो ।
मन्त्रीसँग हेलिकप्टरमा सवार नेपाली हवाई उड्यन र पर्यटन क्षेत्रका हस्ती आङ्छिरिङ शेर्पापनि थिए ।
निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यती एयरका प्रवन्ध निर्देशक आङ्छिरिङ शेर्पाको फोटो भेट्ननै मिडियालाई मुश्किल पर्यो । कतिपय संचारमाध्यमले अर्के आङ्छिरिङ शेर्पाको फोटो प्रयोग गरे । यसको कारण थियो उनको मिडियामा औपचारिक रुपमा कुराकानी नगर्ने बानी ।
शेर्पा र हिमाल प्रयावाची हुन् । आङ्छिरिङ शेर्पा कुनैबेला सोलुपुग्ने पर्यटकको भारी बोक्ने गर्थे । भारी बोकेर हिड्ने आङ्छिरिङले पर्यटन क्षेत्रको लगानीको हिसाबले एक टाइकुन नै थिए । यती एयर,तारा देखि डाइनिष्टी हेलिकीप्टरमा उनको लगानी थियो ।
अन्तराष्ट्रिय उडान गर्ने हिमालयन एयरलाइन्सदेखि लिएर दर्जन बढी होटल रिसोर्टमा उनको लगानी थियो ।
यति एयरलायन्ससहित विभिन्न पर्यटन क्षेत्रसँग सम्बद्ध शेर्पा पर्यटन क्षेत्रका एक हस्ती हुनुन्थ्यो । उहाँले थामशेर्कु ट्रेकिङ, यति एयरलाइन्स, तारा एयरलाइन्स, हिमालयन एयरलाइन्स तथा गोकर्ण रिसोर्टको स्थापना गरी पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा उनले योगदान पुर्याए । सन् १९९८ मा यती एयरलाइन्स स्थापना गरेर हवाई व्यवसायमा प्रवेश गरेको शेर्पाले तिब्बतको तिब्बत एयरलाइन्ससँगको सहकार्यमा अन्तराष्ट्रिय उडान गर्ने हिमालयन एयरलाइन्स खोले ।
एयरलाइन्सका प्रबन्ध निर्देशक शेर्पा आफ्नै कम्पनी यति एयरलाइन्समा सन् १९९८ सेप्टेम्बर ५८ वर्ष अगाडि सोलुखुम्बुको जुगिङमा पाङ्गुमा जन्मेका शेर्पाको शेर्पाका श्रीमती र दुई छोरा छन् ।
आफ्नो समेत लगानी भएको एयर डाइनिष्टीको दुर्घटनामा शेर्पाको दुईभाईको निधन भयो । २०५५ सालमा आङछिरिङका दुईको निधन भएको थियो । २०७५ सालमा आङछिरिङपनि आफ्नै लगानी रहेको एयर डाइनिष्टी हेलिकप्टर दुर्घटनामा परेर निधन भयो ।
लो प्रोफाइलमा बसेर काम गर्ने शेर्पाको स्वभाव नै संचारमाध्यममा नआउने थियो । सबै राजनीतिक दलका ठूला नेतासँग निकट शेर्पाको प्रधानमन्त्री केपी शर्मा ओलीसँग विशेष सम्बन्न नै थियो ।