ऋणको ब्याज सस्तो बनाउन राष्ट्र बैंकले स्प्रेड दर घटायो



काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणको ब्याजदर कम गर्न बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजबीचको अन्तर (स्प्रेड दर) घटाएको छ । बुधबार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले बैंकहरुलाई स्प्रेडदर घटाउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले अब चैत मसान्तमै स्प्रेड दर ४.७५ प्रतिशतमा झार्नु पर्ने छ। यसअघिको ब्यवस्था अनुसार बैंकहरुले ०७६ असार मसान्तसम्ममा साढे ४ प्रतिशतमा झार्नुपर्ने थियो । चैत मसान्तसम्म बैंकहरुले ५ प्रतिशत स्प्रेड राखेरै ऋण दिन पाउँथे ।

त्यसैगरी, राष्ट्र बैंकले आधार दरको गणना विधि पनि परिवर्तन गरेको छ। अब ०.७५ प्रतिशत सम्पतिको प्रतिफल जोड्न नपाइने भएको छ ।


पुष्प दुलाल