११ अर्ब बराबरको धितोपत्र सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा करीब ११ अर्ब ३३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार स्टकमा सूचीकृत कम्पनीको चुक्ता पूँजी ३ खर्ब ६० अर्ब ९९ करोड पुगेको छ ।

बैंकका अनुसार ३ अर्ब ५ करोड बराबरको साधारण शेयर सूचीकृत हुँदा ३ अर्ब १२ करोड बराबरको हकप्रद शेयर, ५ अर्ब १६ करोड बराबरको लाभांश शेयर सूचीकृत भएको छ ।

स्टकमा हालसम्म कूल १९८ कम्पनी सूचीकृत छन् । सूचीकृत कम्पनीमध्ये १४७ बैंक तथा वित्तीय संस्था छन् । त्यसमा बीमा कम्पनी समेत छन् ।

यस्तै सूचीकृत मध्ये १८ कम्पनी उत्पादन र प्रशोधन उद्योगसँग सम्बन्धित छन् । स्टकमा सूचीकृत मध्ये २१ जलविद्युत् कम्पनी छन् ।

होटल तथा व्यापारिक संस्थाका चार/चार कम्पनी सूचीकृत छन् भने चार अन्य समूहका कम्पनी समेत सूचीकृत भएका छन् । स्टकमा सूचीकृत शेयरको चुक्ता मूल्य वार्षिक विन्दुगत आधारमा २० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । रासस


पुष्प दुलाल