एनआइसी एशिया बैंकको अफरः भिषा वा क्रेडिट कार्ड होल्डरलाई ५ सय रुपैयाँसम्म नगद फिर्ता दिने



 

 

काठमाडौं । एनआई सीएशिया बैंकले नेपालभित्र भिषाको सहकार्यमा पीओएस मेसिनमा बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको शुरुवात गरेको छ । यो योजना डिसेम्बर २०१८ देखि जनवरी २०१९ सम्मको लागिमात्र लागु बैंकले जनाएको छ

यस अवधिमा एनआई सीएशिया बैंकको भिषा डेबिट वा क्रेडिट कार्डका ग्राहकले पीओएस मेसिनमार्फत कुनै किसिमको सामानवा सेवा खरिद गर्दा पहिलो पाँचवटा कारोबारमा प्रत्येक महिना नगद फिर्ता पाइने बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यो योजनाबाट बैंकको ४ लाख ५० हजारभन्दा बढी भिषा डेबिट वा क्रेडिट कार्ड ग्राहकहरु लाभान्वित हुनेछन् ।

प्रथम कारोबारमा कारोबार रकमको २ प्रतिशत वा बढीमा रु १०० नगद फिर्ता
दोस्रो कारोबारमा कारोबार रकमको ४ प्रतिशत वा बढीमा रु २०० नगद फिर्ता
तेस्रो कारोबारमा कारोबार रकमको ६ प्रतिशत वा बढीमा रु ३०० नगद फिर्ता
चौथो कारोबारमा कारोबार रकमको ८ प्रतिशत वा बढीमा रु ४०० नगद फिर्ता
पाँचौ कारोबारमा कारोबार रकमको १० प्रतिशत वा बढीमा रु ५०० नगद फिर्ता
एक महिनामा प्रतिकारोबारको आधारमा एक महिनामा प्रत्येक ५ सफल कारोबारमा मात्र नगद फिर्ता हुनेछ ।
एक महिनामा प्रतिकारोबारको आधारमा एक महिनामा प्रत्येक ५ सफल कारोबारमा मात्र  नगद फिर्ता हुनेछ ।


पुष्प दुलाल