साढे २ लाख तलब दिनेगरी कृषि विकास बैंकले सीइओ माग्यो, यसरी हुन्छ छनोट



काठमाडौं । सरकारी लगानीको कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मागेको छ । आइतबार एक सूचना प्रकाशित गरी १५ दिनभित्र दरखास्त आह्वान दिन अपिल गरेको छ ।

व्यवस्थापन तथा अर्थशास्त्रमा स्नातकोत्तर उतिर्ण वा चार्टर्ड एकाउन्टेन्सी उत्तिर्ण गरी बैंकिङ क्षेत्रमा अधिकृतस्तर वा सोभन्दा माथिको पदमा १० वर्ष काम गरेको अनुभव भएका व्यक्तिले मात्रै आवेदन दिन सक्ने छन् ।

जागिरका लागि आवेदन दिँदा ५ हजार शब्दमा नबढाइकन बिजनेश प्लान बुझाउनु पर्नेछ ।

पदपूर्ति समितिले शैक्षिक योग्यता र पेश भएको व्यावसायिक कार्ययोजनाको आधारमा आवेदकहरुमध्येबाट ५ जनालाई सर्ट लिस्टमा राख्नेछ । र, त्यसपछि ५ जनालाई व्यावसायिक कार्ययोजना प्रस्तुति गर्न लगाएर राम्रो प्रस्तुतिका आधारमा ३ जनाको नाम सिफारिस गर्नेछ ।

सिफारिसमा परेका ३ जनामध्ये एक जनालाई सरकारले सीइओमा नियुक्त गर्नेछ । यसरी नियुक्ति भएको सीइओको तलब मासिक २ लाख ५० हजार रुपैयाँ रहने छ । यसबाहेक अन्य सुविधाहरु हुने बैंकले जनाएको छ ।


पुष्प दुलाल