कसले छाप्ला ४० अर्ब नयाँ नोट ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरका नोट छाप्ने भएको छ । रु १०० का ४० करोड थान नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकले बोलपत्रसमेत आह्वान गरेको छ ।

राष्ट्र बैंकको मुद्रा व्यबस्थापन विभागले सो बराबरका नोटहरु छाप्नका लागि टेन्डर आह्वान गरेको हो । नोट छाप्न चाहनेले नोट छाप्नका लागि थापाथलीस्थित मुद्रा विभागमा आवेदन दिनसक्नेछन् ।

गत शुक्रबार अर्थात् कात्तिक ३० गते खुलाएको बोलपत्रमा उक्त मितिदेखि ३० दिनभित्र आवेदन दिनुपर्ने र २० हजार रुपैयाँ आवेदन शुल्क लाग्ने राष्ट्र बैंकले जनाएको छ ।


पुष्प दुलाल