एनसीसी बैंकको प्रतिसेयर आम्दानी दोब्बर हुँदा स्ट्याण्डर्ड चार्टर्ड,एसबिआइ र नेपाल बैंकको घट्यो



काठमाडौं । चालू आर्थिक वर्षको असोज मसान्तमा ३ बैंकको प्रतिसेयर आम्दानी (इपिएस) घटेको छ । पुँजीको अनुपातमा नाफा बढाउन नसक्दा तीन ठूला बैंकको इपिएस घटेको हो ।

स्ट्याण्डर्ड चार्टर्ड, एसबिआइ र नेपाल बैंकको इपिएस घटेको हो । तर, एनसीसी बैंकको इपिएस भने दोब्बरले बढेको छ ।

चालू आर्थिक वर्षको असोज मसान्तमा एनसीसी बैंकको एक कित्ता सेयरको आम्दानी ४० रुपैयाँ ५ पैसा छ । गत आर्थिक वर्षको असोज मसान्तमा बैंकको सेयरको इपिएस २१ रुपैयाँ ५० पैसा मात्रै थियो ।

गत वर्षको असोज मसान्तमा चार्डर्ड बैंकको एक कित्ता सेयरले ४९ रुपैयाँ ९५ पैसा आम्दानी गर्थ्यो । तर, यो वर्षको असोज मसान्तमा यो बैंकको सेयरले ३१ रुपैयाँ ६६ पैसा मात्रै आम्दानी गर्छ ।

त्यस्तै, गत वर्षको असोजमा नेपाल बैंकको एक कित्ता सेयरले ४८ रुपैयाँ ३१ पैसा आम्दानी गर्थ्यो भने यो वर्षको असोजमा ३९ रुपैयाँ ९२ पैसा मात्रै आम्दानी गर्छ ।

त्यसैगरी, नेपाल एसबिआई बैंकको एक कित्ता सेयरले गत वर्षको असोजमा २५ रुपैयाँ १८ पैसा आम्दानी गर्थ्यो भने यो असोजमा २४ रुपैयाँ ३५ पैसा मात्रै आम्दानी गर्छ ।

एक वर्षको अवधिमा एनसीसी बैंकको नाफा झण्डै दोब्बर बढेको छ । गत वर्षको असोज मसान्तमा १६ करोड ४५ लाख रुपैयाँ कमाएको एनसीसी बैंकले यो असोजमा २८ करोड रुपैयाँ नाफा कमाएको छ ।

अन्य बैंकहरुले नाफा बढाए पनि एनसीसीको जस्तो झण्डै दोब्बरले नाफा नबढ्दा इपिएस घटेको हो । पुँजी बढेको तर त्यसको अनुपातमा नाफा नबढ्दा प्रतिसेयर आम्दानीमा असर पर्छ ।

सेयर लगानीकर्ताहरुका लागि प्रतिसेयर आम्दानीले ठूलो अर्थ राख्छ ।

कुन बैंकको प्रति सेयर आम्दानी कति ? 

 Bank  Ashwin 075/  Ashwin 074/
Nabil 51.36 41.10
 Nepal Credit & Commerce 40.05 21.50
 Nepal Bank 39.92 48.31
Nepal Investment 39.63 33.69
NIC Asia 38.15 13.84
Himalayan 32.02 25.27
 Standard Chartered 31.66 49.95
 Everest 31.56 27.49
 Prabhu 29.07 23.72
Prime 28.98 25.29
 Agriculture Dev 27.35 15.94
NMB 26.64 28.69
 Sanima 25.45 16.72
 Siddhartha 24.81 23.07
Nepal SBI 24.35 25.18
 Global IME 24.11 19.45
Bank of Kathmandu 21.88 13.88
 Citizens 21.26 15.90
 Kumari 19.71 8.07
 Machhapuchchre 18.46 14.35
Sunrise 16.26 9.99
Janata 16.10 9.23
Mega 15.44 6.88
 Nepal Bangladesh 14.93 7.62
Century 13.59 9.80


पुष्प दुलाल