निगमका जहाजलाई चीनमा नो इन्ट्री, चिनियाँ ४ कम्पनीका दैनिक ६ उडान नेपालमा



काठमाडौं । बगरेले घाँस देखाएर पशुलाई लोभ्याउँदै लगेर काटेको जस्तै हुन थालेको छ नेपालको विकास र आर्थिक समुन्नतिका कुरा ।

नेपालमा बेलाबेला राष्ट्रवादको नारा राम्रैसँग लाग्ने गर्दछ । ती नाराले आर्थिक विकास र समृद्धिलाई पनि राम्रैसँग बोकेर ल्याउँछ ।

चीन र भारतजस्ता दुई ठूला देशको बीचमा रहनु पर्दाको फाइदा मात्रै होइन बेफाइदा पनि भएको छ नेपाललाई । ती देशको व्यापार गर्ने थलो मात्रै भइदिए उनीहरु खुसी हुने र नेपाल आफैले स्वतन्त्र रुपमा केही गर्न खोजे नदिने अवस्था पछिल्ला दिनमा मुखरित हुँदै गएका छन् ।

बगरेले घाँस देखाएर पशुलाई मारेको जस्तै हुने अवस्थामा पुगेको छ नेपाल । प्रसंग हो नेपाल वायु सेवा निगमको जहाज चिनियाँ गन्तव्यमा उडन नपाउने अवस्था ।

नेपालको चन्द्रसूर्य अंकित राष्ट्रिय ध्वजाबहाक जहाजले चीनका विभिन्न गन्तव्यका उडानका लागि विगत ३ वर्षदेखि प्रक्रिया अगाडि बढाउँदै आएको छ ।

तर हालसम्म अनुमति दिन चिनियाँ पक्ष तयार देखिएको छैन । कुनै जहाज भारत उड्न नपाउने त कुनै जहाज चीन उडन नपाउने अवस्था सिर्जना गरिएको छ । जुन नेपालको आर्थिक विकास र समृद्धिका लागि क्रमशः वाधक बन्दै आएको छ ।

निगमले चीनमा उडान विस्तार गर्न खोजेको छ, तर चिनियाँ पक्ष विभिन्न बाहाना झिेकर नेपाली ध्वजाबहाकलाई प्रवेश नै नदिने योजनामा लागेको छ ।

नेपालमा चाइना साउदन, सिचुवान, एयर चाइना, तिब्बत एयर जस्ता विमान कम्पनीले उडान गर्दै आएका छन् । ती विमान कम्पनीका जहाजले विहानदेखि साँझसम्म पनि उडान गदैृ आएका छन् ।

चीनको जहाज निर्वाध रुपमा नेपाल आउन पाउने तर नेपाली जहाज भने चीनका गन्तव्यमा उड्न नपाउने दोहोरो मापदण्ड चिनियाँ कम्पनीले नेपाल माथि लगाइरहेका छन् । जुन विधिशास्त्र र सामान्य मानवीय सिद्धान्त विपरित रहेको छ ।

नेपाली अधिकरी र चिनियाँ अधिकारीबीच द्विपक्षीय तथा बहुपक्षीय वार्ता हुँदा निगमको उडान विस्तारका विषयमा चिनियाँ अधिकारीले कहिल्यै पनि हुँदैन भन्दैनन् । उनीहरु निगमको जहाजलाई चीनका विभिन्न गन्तव्यमा उडान गर्न दिने पक्षमा देखिएको जस्तो पनि गर्छन् । तर जब कार्यान्वयन गर्ने बेला आयो, तर चिनियाँ अधिकारी विभिन्न बाहाना झिक्छन् ।

संस्ककृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले यसै साता चीनको भ्रमण गरे । उनले चीनका विभिन्न उच्च अधिकारीसँग पनि भेटवार्ता गरे । उनले नेपाल वायु सेवा निगमलाई चीनका विभिन्न गन्तव्यमा उडानका लागि अनुमति दिन आग्रह पनि गरे ।

चिनियाँ अधिकारीले मन्त्री अधिकारीको कुरा सुने, तर केही बोलेनन् । उनीहरुले मात्रै भने हुन्छ, हामी तयार छौ, भइहाल्छ, डन्ट वोरी, आदि इत्यादि ।

तर कुन समयमा कति उडान, कुन कुन गन्तव्यमा उडान गर्ने, कस्तो स्लट दिनुहुन्छ ? हामीले कसरी व्यवस्थापन गरौ ? भनेर जब मन्त्री अधिकारीले सोधे , तब चिनियाँ अधिकारी चुप चाप बसे र कुनै पनि उत्तर दिएनन् ।

मन्त्री अधिकारीसँगै चीन भ्रमणमा गएका मन्त्रालयका एक प्रतिनिधिले भने- चिनियाँ अधिकारी आफ्नो देशको विमान कम्पनीले मात्रै नेपालमा उडान गरुन । पैसा हामी मात्रै कमाऊ, नेपालीलाई किन दिने, बजारमा किन प्रतिस्पर्धी ल्याउने भन्ने मान्यतामा रहेका छन् ।
मन्त्री अधिकारीले चिनियाँ अधिकारीलाई छेन्दुमा उडानको स्लट दिन आग्रह गरेका थिए । ‘छेन्द्युमा उडान गर्ने र स्लटका विषयमा कुराकानी भयो, तर निर्णय भने भएको छैन, निर्णय हुने आशामा छौं,’ चीनबाट फर्केपछि मन्त्री अधिकारीले भनेका थिए ।

नेपालमा ४ चिनियाँ विमान कम्पनीले उडान गर्ने तर नेपालले एउटा स्लट माग्दा समेत नदिने जुन खालको व्यवहार देखाइएको छ, त्यसले समान सम्बन्ध र समानताको कुनै पनि विधिलाई आत्मसात् गर्न सक्दैन ।

सिचुवान प्रान्तका सरकार प्रमुख तथा अधिकारीले निगमको उडान विस्तार गर्ने विषयमा सकारात्मक पहल गर्ने आश्वासन मात्रै दिएका छन् । तर कार्यान्वयन कहिले हुने हो त्यसको कुनै टुंगो लागेको छैन ।

प्रक्रिया मिलाउन समय लाग्ने भन्दै चिनियाँ अधिकारीले आलटाल गर्दै आएको सहजै बुझ्न सकिने भ्रमणमा सहभागी एक सदस्यको भनाइ छ । निगमले २ वर्ष पहिले ल्याएको न्यारो बडी जहाज मार्फत ल्हासा र छेन्दुमा उडानका लागि माग गर्दै आएको थियो ।

एयरबस ३२०-२०० सिरिजको जहाज चीनिका एकाध गन्तव्यमा लगेर त्यसैबाट बजार विस्तार गर्ने योजनामा निगम लागेको थियो । तर चिनियाँ अधिकारीले कुनै पनि खालको स्वीकृति दिएनन् ।

चीन भ्रमणमा जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालयन एयरलाइन्स प्रयोग गरे । निगमको जहाजलाई उडान अनुमति नै नदिएका कारण प्रधानमनत्रीले चिनियाँ लगानीको जहाज चढ्नु परेको बताइन्छ ।

चिनियाँ व्यापारीको लगानी रहेको हिमालयन एयरलाइन्सलाई चीनको विभिन्न गन्तव्यमा उड्न दिने, तर नेपालको राष्ट्रिय ध्वजाबहाकलाई उडन नदिने जुन खालको दोहोरो व्यवहार देखाइएको छ, त्यसले समानता र समभावको कुनै पनि व्यवहार प्रदर्शन गर्दैन ।

निगमको जहाजले चीनका गन्तव्यमा उडान अनुमति पाउन अझै बढीमा १ वर्ष कुर्नुपर्ने देखिएको छ । यूरोपेली संघले लगाएको खतराको सूचीको ट्यागका विषयमा समेत चिनियाँ अधिकारी केही भन्दैनन् ।

किन नदिएको होला ? भन्ने जिज्ञासामा समेत उनीहरुको कुनै जवाफ छैन । त्यसो भएपछि यसको सिधा उत्तर हो, निगमको जहाज चिनियाँ गन्तव्यमा उडेपछि हाल नेपालमा उडान गरिरहेका ४ चिनियाँ विमान कम्पनीको व्यापारमा गिर।वट आउँछ ।

यी गन्तव्यमा मागिएको छ उडान अनुमति

सरकारले चीनका ७ गन्तव्यमा उडानका लागि चिनियाँ अधिकारीसँग माग गरेका छ । तर निर्णय हुन भने ढिलाई हुँदै आएको छ । सरकारले चीनको ल्हासा, ग्वान्झाउ, कुनमिङ, सांघाई, बेइजिङ, छेन्दु र सियानमा उडान अनुमति मागेको हो ।

निगमले हालै ल्याएको वाइडबडी जहाज ती गन्तव्यमा समेत उडान भर्ने योजना बनाएको छ । तर उडान अनमुमति मागेको लामो समय भएपनि ती गन्तव्यमा चिनियाँ अधिकारीले सहमति दिएका छैनन् ।

नेपाल र चीनबीच सन् २००२ मा दुई पक्षीइ हवाई सेवा पुनरावलोकन सम्बन्धी सम्झौताकाआधारमा सातामा १४ उडान गर्ने विषय समावेश थियो । सो सहमतिकै आधारमा सातामा ७० उडान सम्म गर्ने व्यवस्था गरिएको छ ।

चिनियाँ कम्पनीका जहाज जति आए पनि आऊ, नेपाली जहाज भने चीनका गन्तव्यमा जाँदैनौ भने जसरी चिनियाँ अधिकारी प्रस्तुत भएका छन् । उनीहरुको व्यवहारले पनि त्यस्तै देखाउँदै आएको छ । जुन समानताको आधारमा समेत मिल्ने विषय छैन । यस्तै नेपाललाई नजिकको मित्र ठानेको भनेर प्रचार गर्ने चीनले यतिसम्म गर्न सक्छ भनेर पनि अनुमान गर्न सकिदैन ।

चिनियाँ पक्षले नेपालाई उपलब्ध गराएका ६ वटा जहाज टोक्नु र बोक्नुको अवस्थामा पुगेको छ । सेतो हात्ती जस्ता जहाज परल मूल्य भन्दा बढीमा नेपाललाई भिडाएको चीनले निगमको अन्तर्राष्ट्रिय स्तरमा स्थापित जहाज भने उडान गर्न नदिनु , मिल्दो कुरा भने पटक्कै होइन ।

सहमतिमा नेपाल र चनिका जहाजको उडान संख्या समान रहने र ७ गन्तव्यमा नै उडान गर्ने भन्ने भएपनि चिनियाँ अधिकारीले अनुमति नदिएर नेपालको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्न समेत रोक लगाएको सहजै बुझ्न सकिन्छ ।


पुष्प दुलाल