लोकमार्ग र तराई मधेशका नयाँ र स्मार्ट सिटीः निर्माणमा स्थानीय तह पनि सहभागी (सहर बन्ने स्थानसहित)




काठमाडौं । देशभरका विभिन्न स्थानमा निर्माण गर्न लागिएका नयाँ सहर निर्माणमा स्थानीय तहलाई अगाडी सारिने भएको छ ।

देशभरमा नयाँ सहर निर्माणको अधिकार पाएको नयाँ सहर आयोजना समन्वय कार्यालयका अनुसार सहर निर्माण कार्यमा स्थानीय निकायलाई अग्रसर गराईने भएको छ ।

यसअघि कार्यालयले नै नयाँ सहर निर्माणको सम्पूर्ण काम हेर्दै आएको थियो । नयाँ सहर आयोजना समन्वय कार्यालयका निर्देशक पराग कायस्थका अनुसार आगामी आर्थिक वर्षदेखि कार्यालयलले २ करोड रुपैयाँभन्दा कम लागत भएका सबै काम स्थानीय निकायलाई सुम्पिने छ । कार्यालयले २ करोड रुपैयाँभन्दा धेरै लागत लाग्ने परियोजनामा मात्रै काम गर्नेछ ।

नयाँ सहर अयोजना समन्वय कार्यालय अन्र्तगत अहिले मध्यपहाडी लोकमार्गमा १२ वटा सहर, हुलाकी मार्ग र तराई मधेशमा १५÷१५ वटा सहर तथा १३ वटा स्मार्ट सिटी गरी ४० वटा सहर निर्माण गर्ने तयारी भईरहेको छ ।

४० वटा सहरमध्ये मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग र तराई मधेशका सहर निर्माणको काम भने अघि बढिसकेको छ । सरकारले मध्यपहाडी लोकमार्गका १२ वटा सहर २०९० भित्र निर्माण गरी बस्ती बस्नु योग्य बनाइसक्ने लक्ष्य लिएको छ । यो भनेको अबको १५ बर्षभित्र हो ।

तोकिएको समयसीमा भित्र काम सम्पन्न गर्न कार्यालयले दुई करोड रुपैयाँ भन्दा कम लागतका निर्माण कार्य स्थानीय तहलाई जिम्मा लगाउने भएको हो ।

केन्द्रबाटै सबै काम गर्दा सहर विकासको कामले तिव्रता लिन नसकेपछि सरकारले स्थानीय तहले गर्न सक्ने काम स्थानीय तहबाटै गराउने निर्णय गरेको हो । स्थानीय तहसँग सहकार्य गरेर काम गर्दा काम छिटो हुने र सहर निर्माणमा स्थानीयवासीको प्रत्यक्ष सहभागिता देखिने भएकाले सहर निर्माणमा स्थानीय तहलाई सहभागी गराउन लागिएको कायस्थले जानकारी दिए ।

कहाँ के प्रगति भयो ?
हुलाकी मार्ग र तराई मधेशमा विकास गर्न लागिएका १५ वटा नयाँ सहर निर्माणको लागि गत बैशाख ४ गते नै परामर्श दातासँग सम्झौता गरिसकिएको कायस्थले जानकारी दिए । कायास्थका अनुसार आगामी ६ महिनाभित्र सहर निर्माणको काम सुरुभईसक्ने छ ।

तराई मधेश र हुलाकी मार्गका सहर निर्माणका लागि चालु आर्थिक वर्षमा २० करोड रकम विनियोजन गरिएको थियो । उक्त रकममध्ये ८० प्रतिशत रकम खर्च भईसकेको कायस्थले जानकारी दिए ।

मध्यपहाडी मार्गका सहरमा कम्तिमा १ लाख र बढिमा ३ लाख जनसंख्या बसोबास गर्न सक्ने गरी निर्माण गर्न लागिएका सहरमा भने बसपार्क, सिटी पार्क, ढल र एकिकृत सरकारी भवनहरुको निर्माण प्रक्रिया अगाडी बढाईएको कायस्थले बताए ।

यसका अलवा कार्यालयले १३ वटा स्मार्ट सिटी निर्माणको पनि काम गरिरहेको छ । निजगढ स्मार्ट सिटी, पालुङटार स्र्माट सिटी र लुम्बिनी स्र्माट सिटीको इन्सेप्सन रिर्पोट तयार भईसकेको छ । अन्य बाँकी १० वटा स्मार्ट सिटी निर्माणको लागि भने मास्टर प्लान तयार गर्ने प्रक्रियामा कार्यालय छ ।

पूर्वाधार निर्माण पहिलो प्राथमिकतामा
निर्माणाधिन आधुनिक सहरमा सबैभन्दा पहिले पूर्वाधार तयार पार्ने काम भईरहेको छ । आधुनिक बसपार्क, खेल मैदान, मनोरञ्जन पार्क, ढल, हाट बजार र सहायक सकडहरु पहिलो चरणमा निर्माण गर्न लागिएको छ । बैतडीको पाटन, पाँचथरको फिदिम र तेह्थुमको बसन्तपूरमा फोहर व्यवस्थापनका लागि सेनिटेसन साईटको डिजाईन पनि भईहरको छ ।

मध्यपहाडी लोकमार्गमा आधुनिक सहर निर्माण हुने स्थान
प्रदेश १
प्रदेश नम्बर १ मा पाँचथरको फिदिम र तापप्लेजुङको वस्न्तपुरमा आधुनिक सहर निर्माण गरिदैँछ ।

प्रदेश २
प्रदेश नम्बर २ मा धादिङको बैरेनी गल्छी र सिन्धुलीको खुर्कोटमा आधुनिक सहर निर्माण गरिदैँछ ।

प्रदेश ४
प्रदेश नम्बर ४ मा बाग्लुङको बुर्तिबाङ र तनहुँको डुम्रेमा आधुनिक सहर निर्माण गरिदैँछ ।

प्रदेश ५
प्रदेश नम्बर ५ मा रुकुमको चौरझारी, दैलेखको राकम कर्णाली र प्युठानको भिंग्रीमा आधुनिक सहर निर्माण गरिदैँछ ।

प्रदेश ६
प्रदेश नम्बर ६ को सुर्खेतको भेरीगंगामा नयाँ सहर निर्माण गरिदैछ ।

प्रदेश ७
प्रदेश नम्बर ७ मा अछामको साँफेबगर र बैतडीको पाटनमा आधुनिक सहर निर्माण गरिदैँछ ।

हुलाकी राजमार्गमा नयाँ सहर बन्ने स्थान
प्रदेश १
प्रदेश नम्बर १ मा झापाको गौरीगंज र मोरङको रंगेलीमा सहर निमार्ण हुनेछ ।

प्रदेश २
प्रदेश नम्बर २ मा सप्तरीको शम्भुनाथ, महोत्तरीको वलवा सरपल्लो, सर्लाहीको ईश्वरपुर र बाराको गढीमाई गरी चार स्थानमा नयाँ सहर निर्माण हुनेछ ।

प्रदेश ५
प्रदेश नम्बर ५ मा नवलपरासीको बर्दाघाट र बर्दियाको राजापुरमा नयाँ सहर निर्माण हुनेछ ।

प्रदेश ७
प्रदेश नम्बर ७ मा कैलालीको भजनी त्रिशक्ती र कंचनपुरको बेलौरीमा नयाँ सहर निर्माण हुनेछन् ।

तराई मधेसमा बन्ने सहर
यसका अलवा तराईमा थप नयाँ पाँच सहर पनि निर्माण हुने भएका छन् । सप्तरीको सम्भुनाथ, महोत्तरीको बलवा, सर्लाहीको इश्वपुर, रौतहटको कटहरीया र दाङको गढवामा एक एक स्थानमा थप आधुकि सहर निर्माण गरिने छ ।

स्मार्ट सिटी बन्ने स्थान
प्रदेश १
धनकटुा स्मार्ट सिटी ।

प्रदेश २
मिर्चौया स्मार्ट सिटी सिरहा, चन्द्रपुर स्मार्ट सिटी रौतहट र निजगढ स्मार्ट सिटी बारा ।

प्रदेश ३
काभ्रे उपत्यका स्मार्ट सिटी काभ्रेपलाञ्चोक, भरतपुर स्र्माट सिटी चितवन ।

प्रदेश ४
वालिङ स्मार्ट सिटी स्याङजा र पालुङटार स्मार्ट सिटी गोर्खा ।

प्रदेश ५
लुम्बिनी स्मार्ट सिटी कपिलवस्तु र तुलसीपुर स्मार्ट सिटी दाङ ।

प्रदेश ६
दुल्लु स्मार्ट सिटी दैलेख ।

प्रदेश ७
टिकापुर स्मार्ट सिटी कैलाली र अमगढी स्मार्ट सिटी डढेल्धुरा ।


क्लिकमान्डु