
एजेन्सी । अमेरिकामा यात्रुविमान र सैनिक विमान आकाशमै ठोक्किदा पोटोम्याक नदीमा खसेको छ ।
वाशिङ्टन डीसीका फायर एण्ड ईएमएस प्रमुख जोन ए. डोनेली सिनियरका अनुसार हाल भइरहेको सबै खोजी तथा उद्धार कार्य पानीमा केन्द्रित छ । तर अवस्था निकै खतरनाक छ ।
‘मुख्य चुनौती भनेको पहुँच हो । हामीले खोजी गरिरहेको पानी करिब ८ फिट गहिरो छ, हावा चलेको छ । त्यहाँ बरफका टुक्राहरू छन् । जसले काम गर्न असहज बनाइरुहेको छ,’ डोनेलीले भने,’पानी कालो र धमिलो छ, जसले गोताखोरहरूलाई काम गर्न निकै गाह्रो बनाएको छ।’
उनले उद्धार र खोजी कार्यमा केही दिन लाग्ने सम्भावना रहेको बताए ।
‘रातको समयमा नदी हेर्दा एउटा ठूलो कालो क्षेत्रजस्तो देखिन्छ, जहाँ केही बत्तिहरू मात्र छन्,’ उनले थपे ।
एफबीआईको वाशिङ्टन फिल्ड अफिस डाइभ टोलीले खोजी कार्यमा सहयोग गरिरहेको छ ।
एफबीआईको अन्डरवाटर सर्च एण्ड एभिडेन्स रिस्पोन्स टिम (यूएसईआरटी) ले विशेष रूपमा तालिमप्राप्त एजेन्टहरू खोज तथा प्रमाण संकलनका लागि पानीमुनि पुगेका छन् ।
अमेरिकन एयरलाइन्सको विमानमा ६४ जना यात्रु तथा चालकदलका सदस्यहरू सवार थिए भने सैनिक हेलिकप्टरमा तीन जना थिए।








प्रतिक्रिया