
काठमाडौं । नबिल बैंकका सिनियर डिसिईओ मनोज ज्ञवालीले स्टार्टअपलाई बैंकहरुले लगानी नगर्ने बताएका छन् ।
नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा बुधबारबाट सुरु भएको नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलनमा ‘नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रुपान्तरण’ विषयक प्यानल डिस्कसनमा उनले बैंकले बिजनेश असफलताको रिक्स लिन नसक्ने भएकाले स्टार्टअपलाई लगानी नगर्ने बताए ।
विश्वभर चलिरहेको स्टार्टअप ९० देखि ९५ प्रतिशत असफल हुने उनको दाबी छ । स्टार्टअप सुरु सुरुमै असफल हुने उनको भनाई छ ।
स्टार्टअपहरुले बैंकहरु खोज्नेभन्दा पनि सरकारी श्रोतहरु खोज्नुपर्ने उनको सुझाव छ । ‘यदी स्टार्टअप गर्ने हो भने आफ्नो सञ्चित रकमबाट सुरु गर्नुहोस् । यदी पुगेन भने परिवारको सदस्यहरुबाट लिनुहोस् । त्यसले पनि पुगेन भने भेन्चर क्यापिटलहरुमा जानुहोस् । त्यसले पनि पुगेन भने सरकारमा पुग्नुहोस् । यति गरेपछि स्टार्टअप ग्रो हुन्छ र बैंक त्यसपछि तपाईको पछि पछि लाग्छ ।’










प्रतिक्रिया