एनआइसी एशिया बैंकले मुद्दति निक्षेपमा १२% ब्याज र निक्षेप धितोमा ९०% सम्म ऋण दिने



काठमाडौं । ‘बैंक पनि, साथी पनि’ भन्ने मुल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको एनआईसी एशिया बैंकले ‘धनवर्षा मुद्धती खाता’ लाई रि–लञ्च गरेको छ ।

१ बर्ष अवधिकोे उक्त मुद्दति खातामा वार्षिक १२ प्रतिशतका दरले मासिकरुपमा व्याज दिने बैंकले जनाएको छ । यो खाता बैंकका देशभर रहेका १ सय ८० शाखामा खोल्न सकिने र मुद्दति रसिदको धितोमा मौज्दातको ९० प्रतिशतसम्म ऋणसमेत दिने बैंकले जनाएको छ ।

त्यसैगरी, यसअघि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च ब्याजदर सहितको ‘समुन्नति प्लस बचत खाता’ ग्राहक महानुभावहरु माझ अत्यन्त लोकप्रिय रहि उत्साहप्रद रुपमा सञ्चालनमा रहिरहेको छ । ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १० प्रतिशतका दरले ब्याज प्रदान गर्दै आईरहेको छ ।

मुलुकभर १८० शाखा कार्यालयहरु, १८३ एटिएम सञ्जालहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवाहरु एवम् प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी ५००० भन्दा बढि रेमिटान्स पेआउट एजेन्टमार्फत बैंकले वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।


पुष्प दुलाल