
काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट १५ फाइभजी नेपालमा ल्याएको छ । यो स्मार्टफोन अति–पातलो डिजाइन, बलियो विद्युत् भण्डारण क्षमता, उच्च कार्यसम्पादन र प्रिमियम सुविधासहित प्रयोगकर्ताका लागि उत्कृष्ट मोबाइल फोन भएको कम्पनीले जनाएको छ ।
डिजाइन र बनावटः
रेडमी नोट १५ फाइभजी तीन आकर्षक रंङ—कालो, ग्लेसियर निलो र मिस्ट बैजनी रंगमा उपलब्ध छ । तीमध्ये मिस्ट बैजनी रंग प्रयोगकर्तामाझ सबैभन्दा लोकप्रिय बनेको कम्पनीले जनाएको छ । रेडमी शृङ्खलाकै इतिहासमा सबैभन्दा पातलो यो उपकरणले आकर्षक रूप प्रदान गर्छ । यसको पातलो, हल्का र आकर्षक डिजाइनले स्टाइल मात्र होइन, प्रयोग गर्न पनि निकै सजिलो, सहज र आनन्ददायी बनाउँछ ।
उच्च क्षमता र लामो विद्युत् भण्डारण जीवनः
रेडमी नोट १५ फाइभजीमा ५५२० मिलिअम्पियर–घण्टा क्षमता भएको विद्युत् भण्डारण रहेको छ, जसले झण्डै दुई दिनसम्म चार्ज टिकाउन सक्छ । स्मार्ट चार्ज प्रणालीले विद्युत् भण्डारणको आयु लामो बनाउँछ भने ४५ वाटको तीव्र चार्ज प्रविधिले छिट्टै पूरा चार्ज गर्छ । यसले एकपटक चार्ज गर्दा करिब २१ घण्टासम्म भिडियो हेर्न वा १० घण्टासम्म भिडियो रेकर्ड गर्न सकिन्छ ।
प्रिमियम प्रदर्शन पर्दा र उच्च कार्यसम्पादनः
६.७७ इन्चको प्रदर्शन पर्दा र ३२०० निट्स चमक क्षमतासहित यसले घाममा पनि स्पष्ट दृश्य प्रदान गर्छ । ३८४० हर्ज प्रकाश नियन्त्रण प्रविधिले आँखालाई सहजता दिन्छ । यस स्मार्टफोनमा शक्तिशाली प्रशोधन चिप र २४ गिगाबाइटसम्म अस्थायी स्मृति सहयोग भएकाले उच्च गति र सहज कार्यसम्पादन सुनिश्चित हुन्छ ।
तस्बिर र मनोरञ्जनको नयाँ स्तरः
रेडमी नोट १५ फाइभजीमा १८० मेगापिक्सेल मुख्य क्यामेरा, ८ मेगापिक्सेल चौडा दृश्य क्यामेरा र २० मेगापिक्सेल अगाडिको क्यामेरा रहेको छ । भित्रै समावेश गरिएको तस्बिर स्थिरता प्रविधि र कृत्रिम बुद्धिमत्ता सक्षम सुविधाले व्यावसायिक स्तरको स्पष्टता र विवरण प्रदान गर्छ । कृत्रिम बुद्धिमत्ता आधारित चित्र प्रविधि, पोर्ट्रेट सुविधा र उन्नत तस्बिर प्रणालीले प्रयोगकर्तालाई अझ रोचक अनुभव दिन्छ ।
सुरक्षा, मजबुती र दिगोपनः
स्क्रिनभित्रको औँठाछाप पहिचान प्रणाली र कृत्रिम बुद्धिमत्ता आधारित अनुहार पहिचानले पूर्ण सुरक्षा सुनिश्चित गर्छ । रेडमी नोट १५ फाइभजी मजबुत बनावट, झर्दा पनि सुरक्षित रहने र पानीको असर कम हुने क्षमतासहित तयार गरिएको छ । साथै विशेष स्पर्श प्रविधिले भिजेको स्क्रिनमा पनि सहज रूपमा चलाउन सकिने बनाएको कम्पनीले जनाएको छ ।
उपलब्धता र मूल्यः
यो स्मार्टफोन १२ गिगाबाइट अस्थायी स्मृति ५१२ गिगाबाइट भण्डारण क्षमताको मूल्य ४६ हजार ९९९ रुपैयाँ र ८ गिगाबाइट अस्थायी स्मृति २५६ गिगाबाइट भण्डारण क्षमताको मूल्य ३९ हजार ९९९ रुपैयाँमा नेपालभर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।







प्रतिक्रिया