यसकारण जरुरी छ क्यासलेस कारोबार प्रणाली




मैले अस्ति ब्यवस्थापिका संसदमा सार्बजनिक महत्वको प्रस्ताव पेश गरेको छु । त्यसमा अहिलेको जसरी मुद्राको प्रयोगको साटो विद्युतीय कारोबारलाई प्रोत्साहन गर्नुपर्छ र ‘क्यासलेस सोसाइटी’ बनाउनु पर्छ भनिएको छ ।

यस्तो किन गर्नुपर्यो भने नेपालमा भ्रष्टाचार धेरै बढ्यो । भ्रष्टाचार यति बढ्यो कि भ्रष्टाचारीलाई केही हुनै छाड्यो । भ्रष्टाचारका ठूला मुद्दामा सत्तापक्ष वा विपक्षका ठूला नेता मुख बाधेर बस्न थाले । बोल्नै छाडे । तैँ चुप, मैं चुप, सबै चुप हुन थाल्यो । यस्तो हुन थालेपछि राम्रैसँग बुझिन्छ कि कहाँ कहाँ कति कति भ्रष्टाचर हुदो रहेछ भनेर ।

चिकित्सा शिक्षा विद्ययेक बनाउने ती सांसदहरु जसका आआफ्नै मेडिकल कलेजहरु थिए । बैंक चलाउने सांसदहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धि बिधयेक बनाए । लेखा समितिले पुँजीगत लाभकर नतिरी एनसेललाई फोरजी सेवा संचालनको अनुमति नदिनु भनेर निर्देशन दियो । विकास समितिले एनसेललाई फोरजी सेवा संचालन गर्ने अनुमति दिइहाल्नु भन्यो ।

संसदीय समितिहरु पनि नीतिगत भ्रष्टाचारमा फस्न थाले । जस्तो चिकित्सा शिक्षा विद्ययेक बनाउने ती सांसदहरु जसका आआफ्नै मेडिकल कलेजहरु थिए । बैंक चलाउने सांसदहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धि बिधयेक बनाए । लेखा समितिले पुँजीगत लाभकर नतिरी एनसेललाई फोरजी सेवा संचालनको अनुमति नदिनु भनेर निर्देशन दियो । विकास समितिले एनसेललाई फोरजी सेवा संचालन गर्ने अनुमति दिइहाल्नु भन्यो ।

संसदीय समितिहरुमा यो प्रकारको नीतिगत भ्रष्टाचार हुन थाल्यो । भ्रष्टाचारको दलदलबाट नेपाल माथि उठ्नै नसक्ने गरी भासियो । ब्यापारिक क्षेत्रमा नक्कली भ्याट बिल, नक्कली अन्तशुल्क स्टिकर, न्यूनविजकीकरणदेखि अधिकविजकीकरणसम्म हुन थाल्यो । जनताबाट उठाएको राजस्व पनि केही ब्यक्ति विशेषले प्रयोग गर्न थाले ।

तपाइले किनेको २० रुपैयाँको एक मुठा साग वा १० रुपैयाँको सिटामोलको भुक्तानी पनि कार्डको माध्यमबाट विद्युतीय भुक्तानी गर्नुपर्छ भनिएको हो ।

यो क्रम बढ्दै गयो । नेपालको पुँजी ठूलो मात्रामा बिदेशिन थाल्यो ।

पैसाको कारोबार रहेसम्म नेपालमा भ्रष्टाचार नरोकिने भयो । भ्रष्टाचार कायम रहेसम्म नेपालको समृद्धि नहुने भयो । यसकारण देशको विकास गर्ने हो, नेपालीलाई नेपालमै रोजगारी दिने हो, जनता धनी बनाउने हो भने क्यासलेस प्रणालीमा जानै पर्ने भयो ।

मैले क्यासलेस प्रणालीको कुरा गरेको हो । कतिपयले मेरो कुरा नबुझेर विद्युतीय मुद्राको कुरा उठ्यो भने । मैले त्यसो भन्न खोजेको होइन । क्यासलेस प्रणाली लागू गर्नपर्छ भनेको हूँ । मेरो आशयलाई अर्थको अनर्थ पनि गर्न खोजियो ।

मैले मुद्राबिहिन कारोबारको कुरा गरेको हो । त्यसो भएपछि धनराज गुरुङको बैंक खातामा कति पैसा छ, त्यो पैसा कहाँबाट आयो र कहाँ खर्च भयो भन्ने कुरा पारदर्शी हुन्छ ।

क्यासलेस कारोबार प्रणालीको मैले कुरा गरेको भनेको विद्युतीय कारोबारलाई मात्रै कार्यान्वयन गरौं भनेको हो । कुनै पनि ब्यक्तिको बैंक खातामा पैसा हुन्छ, उसले आफ्नो खातामा भएको पैसाबाट जुनसुकै पनि कारोबार गर्दा अर्काे ब्यक्तिलाई बैंक खातामै रकम जम्मा गरिदिन्छ । मैले विद्युतीय मुद्राको कुरा गरेको होइन, विद्युतीय कारोबारको कुरा गरेको हो ।

बैंक खातामा जम्मा भएको पैसा कार्डको माध्यमबाट भुक्तानी गर्नुपर्छ । तपाइले किनेको २० रुपैयाँको एक मुठा साग वा १० रुपैयाँको सिटामोलको भुक्तानी पनि कार्डको माध्यमबाट विद्युतीय भुक्तानी गर्नुपर्छ भनिएको हो ।

यसो भएपछि तपाइको बैंक खातामा कसैले लगेर पैसा थुपारिदियो भने पनि त्यो पैसा कहाँबाट आयो भनेर सोधीखोजी हुने भयो । कसैले तपाइलाई ल्याएर पैसा नै दियो भने पनि त्यो पैसाको कामै हुदैन । सबै ठाउमा भुक्तानी हुँदा बैंकिङ प्रणालीबाट कार्ड प्रयोग गरेर विद्युतीय माध्यमबाट हुन्छ । यसो हुँदा नगदको प्रयोगै हुदैन । मैले त्यो प्रणाली लागू गराउनको लागि संसदमा सार्बजनिक महत्वको प्रस्ताव दर्ता गराएको हूँ ।

केपी ओली, शेरबहादुर देउवा वा पुष्पकमल दाहालले पनि गरेको कारोबारको सबै विवरण जनताले थाहा पाउन सक्छन् । भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी हुन्छ । र, बैंकिङ पहुच र चेतना अभिबृद्धि हुन्छ । देशको भलाई हुन्छ ।

यसरी भएको कारोबारको नियम नेपाल राष्ट्र बैंकले गर्छ । कोही कसैले शंकास्पद कारोबार गरेको वा कुनै बैंक खाताबाट भएको कारोबार अस्वभाविक देखिए सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेर्छ । सबै कुरा राज्यको प्रणालीले अध्ययन र अनुसन्धान गर्न सक्ने हुन्छ ।

यसो गर्न सकियो भने केपी ओली, शेरबहादुर देउवा वा पुष्पकमल दाहालले पनि गरेको कारोबारको सबै विवरण जनताले थाहा पाउन सक्छन् । भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी हुन्छ । र, बैंकिङ पहुच र चेतना अभिबृद्धि हुन्छ । देशको भलाई हुन्छ । जनताले तिरेको कर कसैले पनि दुरुपयोग गर्न सक्दैन । यो काम तत्काल कार्यान्वयन गर्न पूर्वाधार लगायतका प्रणालीको विकास गर्न समय लाग्छ । त्यसैले मैले २ बर्षभित्र यस्तो ब्यवस्था लागू गरिसक्नुपर्छ भनेको हूँ ।

(नगदको भौतिक कारोबारलाई प्रतिबन्ध लगाइ विद्युतीय कारोबार लागू गर्नुपर्छ भन्दै ब्यवस्थापिका संसदमा सार्बजनिक महत्वको प्रस्ताव पेश गरेका नेपाली काँग्रेसका नेता तथा ब्यवस्थापिका संसद सदस्य गुरुङसँग गरिएको कुराकानीमा आधारित)


क्लिकमान्डु