कुन महानगरमा बैंक, बीमा, सहकारी र मनिचेञ्जर व्यवसाय गर्दा कति कर तिर्नुपर्छ ?



काठमाडौं । नगरसभाले पारित गरेको आर्थिक वर्ष २०७४/७५ को आर्थिक ऐन ३ वटा महानगरले सार्वजानिक गरेका छन् । ऐनमा आफ्नो महानगरभित्र हुने हरेक व्यवसायमा कर तोकिएको छ ।

काठमाडौं
वाणिज्य बैंकको मुख्य कार्यालय- ७५ हजार रुपैयाँ
वाणिज्य बैंकको शाखा कार्यालय- ४० हजार रुपैयाँ
विकास बैंकको मुख्य कार्यालय- ५० हजार रुपैयाँ
विकास बैंकको शाखा कार्यालय- २५ हजार रुपैयाँ
फाइनान्स कम्पनीको मुख्य कार्यालय- ३० हजार रुपैयाँ
फाइनान्स कम्पनीको शाखा कार्यालय- १५ हजार रुपैयाँ
सहकारी संस्थाको कार्यालय- ३ हजार रुपैयाँ
बीमा कम्पनीको मुख्य कार्यायल- ५० हजार रुपैयाँ
बीमा कम्पनीको शाखा- ३० हजार रुपैयाँ
सहकारी बैंक- २५ हजार रुपैयाँ
मनि चेञ्जरको कार्यालय- १० हजार रुपैयाँ
अन्य वित्तीय कारोबार गर्ने संस्था- १० हजार रुपैयाँ

पोखरा

बैंकको मुख्य कार्यालय- १७ हजार २ सय ५० रुपैयाँ
शाखा कार्यलय- ९ हजार २ सय रुपैयाँ
फाइनान्स कम्पनीको मूख्य कार्यालय- ९ हजार २ सय रुपैयाँ
फाइनान्स कम्पनीको शाखा कार्यालय- ५ हजार ५० रुपैयाँ
सहकारी संस्थाको कार्यालय- २३ सय
मनि चेञ्जर- ११ सय ५० रुपैयाँ
मनि ट्रान्सफर- १७ सय ५० रुपैयाँ
बीमा कम्पनी- ५ सय ७५ रुपैयाँ
इन्भेष्टमेन्ट कम्पनी- ५ सय ७५ रुपैयाँ

बिराटनगर

वाणिज्य बैंक/विदेशी बीमा कम्पनीको मुख्य कार्यालय- १५ हजार रुपैयाँ
विकास बैंकको मुख्य कार्यालय- १० हजार रुपैयाँ
फाइनान्स कम्पनीको मुख्य कार्यालय- ८ हजार रुपैयाँ
बैंक वित्तीय संस्थाको शाखा कार्यालय र स्वदेशी बीमा कम्पनी- ५ हजार रुपैयाँ
मनि चेञ्जर- १५ सय रुपैयाँ
सहकारी बैंक- १ हजार रुपैयाँ


पुष्प दुलाल