दुनियाँका सवैभन्दा ३ ठूला सेयर घोटला, जसले लगानीकर्ताको अर्बौ डलर डुबाइदिए



धन देख्दा महादेवको पनि तीन नेत्र हुन्छ भनिन्छ । ठगी, चोरी, घोटाला जस्ता शब्दहरु पनि पैसाकै सन्दर्भमा बढी प्रयोग हुन्छन् । त्यसैले सेयर बजारमा लगानी गर्दा होश गर्नुपर्ने धेरै कुराहरु मध्य सम्भावित ठगी वा घोटाला पनि हो ।

नियामक निकाय प्राबिधिक रुपमा कमजोर र जवाफदेहिता कम भएको हाम्रो जस्तो ठाउँमा त सचेत हुन झनै जरुरी छ । यसका लागि कम्पनी संचालकहरु र उच्च ब्यवसथापकको योग्यता, क्षमता र चरित्रका बारेमासमेत जानकारी आवश्यक हुन्छ ।

हाल नेपालका कम्पनीहरुका बार्षिक प्रतिवेदनमा संचालक र उच्च ब्यवस्थापकको फोटो र सामान्य जानकारी मात्र राख्ने गरिएको छ । यसमा थप सुचनाहरु पनि राख्न नियामक निकायले चासो र लगानीकर्ता स्वयम्ले पनि दबाब दिनु आवश्यक छ । नेपालमा बिगतमा बिभिन्न कम्पनीहरुमा भएका घोटालाहरुले यसको पुष्टि गर्छन् ।

तर यहाँ नेपालकाका बारे नभइ प्राबिधिक रुपमा चुस्त नियामक र जवाफदेहिता पनि बढि भएका देशमा समेत कसरी घोटाला हुन्छन् भनेर देखाउन खोजिएको छ । यसले नेपाली लगानीकर्तालाई पनि थप सचेत बनाउने विश्वास गरिएको छ ।

वालस्ट्रिट डार्लिङ -१९९६

सन् १९९६ डिसेम्बरमा सेन्टेनियल टेक्नोलोजीका सिइओ इम्यानुअल पिनेज र उनको ब्यवस्थापनले पिसी मेमोरी कार्डबाट २० लाख डलर कमाई गरेको बताएको थियोे । तर यर्थाथमा कम्पनीले फलफूलको बक्सा ग्राहकका लागि ढुवानी गरेको थियो ।

कामदारले नक्कली कागाजात मार्फत बिक्री उच्च भएको देखाएका थिए । न्यूयोर्क स्टक एक्सचेन्जमा सेन्टेनियलको सेयरमूल्य प्रतिकित्ता ४५१ प्रतिशतलले वृद्धि भएर ५५.५ अमेरिकी डलरसम्म पुगेको थियो ।

अमेरिकी पूँजी बजारको नियामक सेक्युरिटी एण्ड एक्स्चेन्ज कमिसनका अनुसार अप्रिल १९९४ देखि डिसेम्बर १९९६ सम्ममा सेन्टेनियलले आफ्नो आम्दानी वास्तविक भन्दा ४ करोड अमेरिकी डलर बढी देखाएको थियो । अर्थात, कम्पनीलाई २ करोड ८० लाख डलर घाटा भएको थियो । तर कम्पनीले १ करोड २० लाख अमेरिकी डलर नाफा भएको वित्तीय प्रतिवेदन सार्बजनिक गरेको थियो । यो घटना सार्वजनिक भएपछि कम्पनीको सेयर ३ डलरभन्दा कममा झर्न पुगेको थियो । २० लाख भन्दा धेरै लगानीकर्ताको लगानी डुब्यो, यो घटनालाई आज पनि वाल स्ट्रिट डार्लीङको रुपमा चनिन्छ ।

ब्रिएक्स मिनिरल्स-१९९७

ब्रिएक्स मिनिरल्स क्यानडाको सुन प्रसोधन गर्ने कम्पनी हो । यो क्यानडियन कम्पनी सेयर बजारको इतिहासमा सबै भन्दा ठूलो घोटाला मध्यमा पर्छ ।

यो कम्पनीसँग इन्डोनेसियामा एउटा सुनखानी थियो । जसलाई सुनखानी संसारकै धनी सुनखानी भनियो । जसमा २० करोड औस सुन छ भनियो पनि ।

यस कारण यस कम्पनीको सेयर रातारात बढ्यो । र, कैंयौ मानिस करोडपति भए । सेयर मूल्य प्रतिकित्ता २८० अमेरिकी डलरसम्म पुग्यो । कम्पनीको कूल बजार पूँजीकरण ४.४ अर्ब डलरसम्म पुग्यो ।

यो उछाल सन् ९९९७ मा अन्त्य भयो । र, सुन खानीका बारेमा फैलाइएका वा फैलिएका खबरहरु झुटा र भ्रामक ठहरियो । त्यसपछि सो कम्पनीको सेयर भाउ कौडीमा झर्यो । यसबाट ठुलो धनराशी गुमाउने मध्ये क्युबिक पब्लिक सेक्टर पेन्सन फण्ड र ओन्टारियो टिचर्स पेन्सन प्लान हुन् । उनीहरुले क्रमशः ७० करोड डलर र १०० करोड डलर गुमाए । यसैगरी ओन्टारिया म्युनिसिपल रिटार्यरमेन्ट बोर्डले पनि ४५ करोड गुमायो ।

एन्रोन, २००१

यो अमेरिकाको उर्जा ब्यापार कम्पनी हो । ध्वस्त हुनु भन्दा पहिले अमेरिकाको हाउस्टनको यस उर्जा ब्यापार कम्पनी आम्दानीको आधारमा अमेरिकाको सातौं ठूलो कम्पनी थियो । यसले केही जटिल लेखा पद्दतिको प्रयोगद्धारा आफ्नो करोडौं डलर ऋण लुकाएको थियो ।

यसो गरी उसले लगानीकर्ता र विश्लेषकको आँखामा कम्पनी आधारभूत रुपमा बलियो रहेको भ्रम छर्न सफल भएको थियो । साथै आम्दानी लाइ कयौं गुणा बढि देखाइ झुटा विवरण समेत तयार पारेको थियो ।

अन्तत यो झुट को पर्दाफास भयो । र, सेयर मुल्य प्रतिकित्ता ९० डलरबाट घटेर ७० सेन्टमा सिमित भयो ।


क्लिकमान्डु