
नेपाल १ राष्ट्र बैंक ऐन, २०५८ ले मुलुकको मुल्य तथा बाह्य स्थायित्व कायम गर्ने, वित्तीय स्थायित्व कायम गर्नं र वितीय प्रणालीप्रति सर्वसाधारणको विश्वास अभिवृद्धि गर्ने जिम्मेवारी नेपाल राट्र बैंकलाई सुम्पिएको छ । उक्त जिम्मेवारी पूरा गर्न बैंकले मौद्रिक नीति, नियामकीय नीति विदेशी विनियम नीति लगायतका नीतिगत व्यवस्था तर्जुमा गरी कार्यान्वयन गर्दे आएको छ। वित्तीय स्थायित्व कायम गर्नका लागि वैंकले विभिन्न अन्तर्राष्ट्रिय असल अभ्यास अवलम्बन गर्र्दै वित्तीय संस्थाको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउँदै लगेको छ।
नेपाल राष्ट्र बैंकले उपरोक्त जिम्मेवारी निर्वाह गर्दै जाने यात्रामा वि.सं. २०७७ देखि २०८१ सम्म सत्रौं गभर्नरको रूपमा यस गरिमामय संस्थाको नेतृत्व गर्ने अवसर मलाई प्राप्त भयो । सन् २०१९ को अन्त्यतिर – सुरु भएको विश्ब्यापी कोभिड महामारीका कारण अधिकांश आर्थिक गतिविधि प्रभावित भई नेपाल लगायत विश्व अर्थतन्त उल्लेख्य रूपमा संकुचन हुन पुगेको थियो । उक्त महामारीबाट पुनरूउत्थान नहँुदै रुस र युक्रेन बीचको तनावका कारण सिर्जित उच्च मूल्यवृद्धिको सामना गर्नुपर्यो । यस्तो असहज एवम् चुनौतीपूर्ण समयमा समेत यस बैकले लिएको सजग एवम् उपयुक्त नीतिगत व्यवस्थाका कारण समग्र आर्थिक स्थायित्व कायम हुन सकेको छ।
संक्रमणको त्रास सँगसँगै यस बैंकको सञ्चालक समिति र समस्त कर्मचारीको सक्रिय भूमिकाबाट बैंकको काम कारवाहीलाई सदैव निन्तरता दिन सम्भव भएको छ। असहज अवस्थामा समेत यस बैंकको निर्देशनलाई पालना गरी बैकिड क्षेत्रले आपनो सेवालाई कायम राखेका छन् । पछिल्लो समयमा बाह्य क्षेत्र सुदृढ बन्दै गएको छ भने मूल्यमा सिर्जना भएको दबाब विस्तारै कम भई मुदास्फीति मौद्रिक नीतिको लक्षभित्रै रहेको छ।
कानुनबाट प्रदत्त जिम्मेवारी पूरा गर्ने तथा बैंकको कामकारबाहीलाई थप प्रभावकारी बनाउने उदेश्यले विगत पाँच वर्षको अवधिमा महत्वपूर्ण सुधारका काम सम्पन्न भएका छन् ।
मौद्रिक नीतिको आधुनिकीकरण गर्दै तरलता व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै लगिएको छ । वित्तीय क्षेत्रको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि अन्तराष्ट्रिय असल अभ्यास अवलम्बन गरी सम्पत्ति शुद्धीकरण तथा साइबर सुरक्षासम्बन्धी सुपरिवेक्षण, भुक्तानी प्रणालीमा संलन संस्थाको निगरानी, गैर बैंक वित्तीय संस्थाको सुपरिवेक्षण लगायतका अवधारणा समेतका आधारमा वित्तीय संस्थाको निरन्तर सुपरिवेक्षण/ निगरानी गरिदै आएको छ ।
बैंकले लिएको प्रोत्साहनमूलक व्यवस्थाका कारण डिजिटल भुक्तानी विस्तारमा मुलुकले उल्लेख्य प्रगति हाँसिल गरेको छ । फिनटेक कम्पनीहरूको लगानी, भुक्तानी सेवासँंग सम्बन्धित संस्थाहरु, बैंक वित्तीय संस्थाको सक्रियता र सर्वसाधारणको अभिरुचिले विद्युतीय भुक्तानीमा क्रान्ति नै ल्याएको छ । वितीय समावेशिता प्रवद्र्धन गर्दै वित्तीय ग्राहक संरक्षण तथा जनचेतना अभिवृद्धिमा समेत महत्वपूर्ण उपलन्धि हासिल भएको छ ।
यस अवधिमा बैंकको कार्यलाई आधुनिक, व्यवस्थित तथा थप प्रभावकारी बनाउनका लागि विभिन्न नीतिगत, संस्थागत एवम् प्रक्रियागत सुधार भएका छन् । सेवा प्रवाहलाई छरितो तथा प्रभावकारी बनाउन उपयुक्त जनशक्ति भर्ना गर्दै बैंकका अधिकांश काम कारबाहीलाई प्रविधिमा आधारित बनाइएको छ। यस अवधिमा नेपाल राष्ट्र वैंकको वित्तीय स्थितिमा पनि उल्लेख्य सुधार भएको छ। लगानी विविधिकरण, सिफ्टमा कामकाज गर्ने परिपाटीको सुरुवातका कारण बैंकको आयमा थप वृद्धि भएको छ। विगत चार वर्षको बैंकको लेखापरीक्षण तोकिएको समयमा नै सम्पन्न गरी वर्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्न सकिएको छ। बैकको भौतिक निमार्णको पक्षमा प्रगति भएको छ भने अन्तराष्ट्रिय सम्बन्धलाई मजबुत बनाउन थप प्रयासहरु गरिएका छन्।
नेपाल राष्ट्र बैंकले विगत पाँच वर्षमा सम्पादन गरेका कार्यहरूलाई एकीकृत गरी संस्थागत स्मृतिको रूपमा राखे प्रयोजनसहित दस्तावेज तयार पारिएको हो । विगतमा बैंकको कामकारवाही समेटिएका विभिन्न दस्तावेज प्रकाशन भएको भएता पनि यस्तो प्रकृतिको प्रकाशनको यो सुरुवात हो । यसमा बैंकले विगतदेखि गर्दै आएका विभिन्न नीतिगत/संस्थागत व्यवस्थामा गरिएका संशोधन/ सुधार तथा विगत पाँच वर्षमा भएका महत्वपूर्ण कार्य र सुरुवातको विवरण समेटिएको छ। यो प्रकाशन आगामी दिनमा बैंकले लिने नीतिगत व्यवस्था तथा प्रक्रियागत सुधारका सवालमा उपयोगी हुने तथा आम सरोकारवालालाई अर्थतन्त्रको सुधारका लागि बैंकले गरेका महत्वपूर्ण कर्यको जानकारी लिने र सुसुचित हुने स्रोत बन्नेछ भने विश्वास मैले लिएको छु ।
यस अवसरमा, नेपाल राष्ट्र बैंक जस्तो गरिमामय संस्थाको नेतृत्वको अवसरप्रदान गर्नुहुने नेपाल सरकारप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। विगत पाँच वर्षमा बैकद्वारा विभिन्न कार्य सम्पादन गर्न महत्वपर्ण भूमिका निर्वाह गर्ने बैंकको सञ्चालक समिति, डेपुटी गभर्नरहरू, कार्यकारी निर्देशक, निर्देशक लगायत बैंकका सम्पर्ण कर्मचारी धन्यवादका पात्र हुनुहुन्छ ।
बैंकको कामकारबाहीमा निरन्तर सहयोग गर्ने बैंक तथा वित्तीय संस्था, नेपाल सरकार, अर्थ मन्त्रालयलगायत अन्य सरकारी निकाय, सम्मानित महालेखापरीक्षकको कार्यालय, सम्मानित आयोगहरू, नेपाली सेना, नेपाल प्रहरी, निजी क्षेत्रका संघ संस्था, सञ्चार क्षेत्र, प्रबुद्ध वर्ग, विदेशी केन्द्रिय बैंक, अन्तरष्ट्रिय मुद्रा कोष र अन्य दातृ निकाय, अन्तराष्ट्रिय संघसंस्था र सर्वसाधारण सबैमा धन्यवाद ज्ञापन गर्दछु । साथै, बैंकमाथि आइपरेको प्रतिकुल अवस्थामा समेत बैंकको स्वायत्ताको पक्षमा वकालत गरी बैंकको गरिमालाई अक्षुण राख्न सहयोग गर्नुहुने पूर्व गभर्नरज्यूहरू, विद्वान अर्थशास्त्रीज्यूहरू, लब्धप्रतिष्ठित व्यक्तिहरू र सञ्चार जगतप्रति आभार व्यक्त गर्दछु।
प्रतिक्रिया