एउटा कन्जरभेटिभ बैंक, यसरी भयो टेक्नोलोजीमा अग्रणी



krishna-prashad-achryja
कृष्णप्रसाद शर्मा

वाणिज्य बैंकले परम्परागत बैंकिङ् गर्दै आएको थियो । जब ०४६ सालको राजनीतिक परिवर्तनसँगै आर्थिक उदारिकरणको युग आयो, तब निजी क्षेत्रको प्रवद्र्धनमा नयाँ–नयाँ बैंक तथा वित्तीय संस्थाहरु खुल्न थाले । उनीहरु उच्चतम प्रविधिसहित आए । वाणिज्य बैंकलाई चुनौति थपियो कि उनीहरुसँग प्रतिस्पर्धा गरेर अघिबढ्नु पर्यो । कि त बैंकिङ कारोबार बन्द गर्नुपर्ने अवस्था आयो ।

अर्कोकुरा देशको शैक्षिक हिसाबले जनसंख्याको बनोटमा पनि परिवर्तन आयो । पछिल्लो पुस्ता टेक्नोलोजी फ्रेण्डली हुँदै गयो । जति नयाँ लगानीकर्ताहरु थपिदै गए, उनी हरु प्रविधिमैत्री भएर आउन थाले । उनीहरुले बैंकिङ व्यवस्थामा प्रविधिको प्रयोग रोजे । त्यो खोज्ने सवालमा उनीहरु वाणिज्य बैंकसँग टाढा भएर निजी बैंकसँग नजिक हुन थाले । जसकारण पनि वाणिज्य बैंकले प्रविधिलाई आत्मसात गर्नु पर्ने बाध्यता भयो ।

पुराना कर्मचारीलाई प्रविधिमैत्री बनाउन बैंकले सबै कर्मचारीलाई जनही ७५ हजार रुपैयाँका दरले कम्यूटर कर्जा प्रदान गर्यो । यो ०५८/५९ सालतिरको कुरा हो । हामीले त्यसअघि नै कम्यूटराइज सिस्टमको सुरुवात चैं गरिसकेका थियौं ।

हामीलाई प्रविधिको प्रयोग गर्न निकै कठिन थियो । किनभने यहाँ कार्यरत कर्मचारीलाई प्रविधिको आधारभूत ज्ञानसम्म पनि थिएन । उमेर पनि गइसकेको जनशक्ति थियो । प्रविधिमैत्री हुन निकै कठिन थियो । त्यो बेला हामीले के गर्यौं भने भइरहेका कर्मचारीलाई नै प्रविधिमैत्री बनाउने नीति लियौं । किनभने नयाँ कर्मचारी ल्याउन संभव नै थिएन ।

पुराना कर्मचारीलाई प्रविधिमैत्री बनाउन बैंकले सबै कर्मचारीलाई जनही ७५ हजार रुपैयाँका दरले कम्यूटर कर्जा प्रदान गर्यो । यो ०५८/५९ सालतिरको कुरा हो । हामीले त्यसअघि नै कम्यूटराइज सिस्टमको सुरुवात चैं गरिसकेका थियौं । वास्तवमा भन्दा त्यो कम्युटराइजेसन थिएन, कम्युटरमात्रै थियो ।

हाम्रो उद्देश्य के थियो भने, उनीहरुलाई कम्युटर सिकेको पैसा पनि बैंकले नै दिन्थ्यो । त्यसबेला ३ हजार कर्मचारी थिए । सिक्नका लागि २ हजारदेखि ४/५ हजार रुपैयाँसम्म लगनी गरेको थियो ।

पियनदेखि सीइओसम्मलाई यो ऋण दिइएको थियो । त्यसबेला म सहायक महाप्रवन्धक थिएँ । म पनि सिक्न गएँ । सीइओ जनार्दशन शर्मा सर हुनुहुन्थ्यो । उहाँपनि जानुभयो । म त नेपालमा सबैभन्दा पहिला कम्युटर सिक्ने मान्छेमध्येमा पर्थें । ०५१ सालमा मैले कम्युटरमा डिप्लोमा गरको थिएँ । तर, दिनदिनै प्रयोग नगरेपछि मैले पनि विर्सिएको थिएँ ।

पहिलो चरणमा हामीले कम्युटराइज सिस्टम ४० वटा शाखाबाट सुरु गर्यौं । दोस्रो चरणमा विस्तारै अर्को २० शाखा, अर्को २० शाखा गर्दै कम्युटराइज गर्दै गयौं । २०६१ सालदेखि ४० शाखामा कम्युटराइज गर्यौं ।

बैंकले आफ्ना कर्मचारीको घरमै कम्प्युटर दिनुको उद्देश्य, अहिलेको पुस्ता कम्युटरमा अभ्यस्त छ । कर्मचारीहलाई आफ्ना छोराछोरीहरुले सिकाउँछन् भन्ने हाम्रो मान्यता थियो । अधिकांस कर्मचारीले छोराछोरीसँगै कम्युटर सिकेका छन् । कर्मचारीहरुमा मैले कम्युटर जानिँन भने म पछि पर्छु भन्ने भावनाको विकास भयो, जसले हाम्रो सोचलाई सफल बनायो ।

दूर्गम गाउँहरुमा पनि तालिम दिइयो । इन्टरनेट जडान गरियो । यी सब काम गर्न बैंकका कर्मचारीहरुले साह्रै ठूला मिहेनत गरेका छन् । म यस अर्थमा वाणिज्य बैंकका कर्मचारीहरुलाई धन्यबाद दिन चाहन्छु, उनीहरुले यतिछिटो टेक्नोलाजिलाई एडप्ट गरे, जति अरु कुनैपनि संस्थामा भएन ।

पहिलो चरणमा हामीले कम्युटराइज सिस्टम ४० वटा शाखाबाट सुरु गर्यौं । दोस्रो चरणमा विस्तारै अर्को २० शाखा, अर्को २० शाखा गर्दै कम्युटराइज गर्दै गयौं । २०६१ सालदेखि ४० शाखामा कम्युटराइज गर्यौं । जसमा पहिलो प्राथमिकता प्रतिस्पर्धा बढी भएको ठाउँमा गरियो । कनेक्टिभिटीलाई पनि हामीले हेर्यौं ।

बढ्दो प्रतिस्पर्धासँगै हामीले एटीएम सेवा सुरु गरेका हौं । एटीएम नरखे त हाम्रा ग्राहक नै अन्त जाने खतरा पनि उत्तिकै थियो । अर्को महत्वपूर्ण कुरा के थियो भने हामी एटिएम मेसिन राखेर टेलरहरुको संख्या कटौती गर्न चाहन्थ्यौं ।

कम्युटराइज गरिसकेपछि पनि कर्मचारीहरुको आत्मविश्वास स्थापित भइनसकेकाले धेरै वर्ष ढड्डा र कम्युटर दुबैलाई संयुक्तरुपमा अघि बढायौं । दिनभरी कम्युटरमा काम हुन्थ्यो । रातभर त्यसलाई ढड्डामा उतारिन्थ्यो । हामीले त्यसरी पनि काम गर्यौं । ०६७ सालमा सबै शाखामा कम्युटर पुग्यो । ०६८ सालमा सबै शाखाबाट एबीबीएस सेवा सुरु भयो ।

२०६४÷०६५ सालदेखि हामीले एटीएम सेवा पनि सुरु गर्यौं । वाणिज्य बैंक अहिले सबैभन्दा बढी एटीएम भएको बैंक भएको छ । बढ्दो प्रतिस्पर्धासँगै हामीले एटीएम सेवा सुरु गरेका हौं । एटीएम नरखे त हाम्रा ग्राहक नै अन्त जाने खतरा पनि उत्तिकै थियो । अर्को महत्वपूर्ण कुरा के थियो भने हामी एटिएम मेसिन राखेर टेलरहरुको संख्या कटौती गर्न चाहन्थ्यौं । त्यसबेला वाणिज्य बैंकका एक कर्मचारीले दिभरमा ३५÷४० वटा चेक साट्थे । अर्थात् त्यतिवटा कारोबार गर्थे ।

rastriya-banijya-bank

तर, एउटा एटीएमले एकदिनमा ३ सय वटासम्म कारोबार गरेको देखिएको छ । एउटा एटीएमले करिब १० जना कर्मचारीले गर्ने काम गथ्र्यो । वाणिज्य बैंकमा अझैपनि कतिपय शाखाहरुमा पूर्णरुपमा कम्युटराइज भएको छैन । ०६४/६५ सालतिर इन्टरनेट बैंकिङ पनि सुरु गर्यौं । त्यसलाई पछि व्यापकरुपमा अघि बढाइयो । इन्टरनेट बैकिङका ग्राहकहरु अत्यधिक मात्रामा बढिरहेका छन् ।

०६९ सालमा मावाइल बैंकिङ सेवा सुरु गर्यौं । । हाल मोवाइल बैंकिङका ग्राहक डेढ लाख र इन्टरनेट बैंकिङका ग्राहक ६०/७० हजारजति छन् । हामी दुबैमा एक नम्बरमा छौं । मोवाइल बैंकिङको सबैभन्दा बढी प्रयोग जिल्लामा हुन्छ । प्रहरीको तलब वाणिज्य बैंकबाटै जान्छ । जसले हाम्रो मोवाइल बैंकरको ग्राहकको संख्या बढाएको हो । स्थानीय एफएम र पत्रपत्रिकाहरुको माध्यमबाट हामीले विज्ञापन गरेर जनतालाई बुझाउने अभियान चलायौं ।

निजी छेत्रका बैंकहरुको पछिपछि हामी दौडियौं । किनभने कि त बैंकिङ बजारमा बस्नै भएन, बसेपछि भिड्नै पर्यो । ‘मर्ता क्या नही, कर्ता’ नै गरेका हौं हामीले । तर, अन्तत हामी लिड गर्न पुग्यौं । अरुले हामीलाई के भन्थे भने यिनीहरुलाई टेक्नोलोजी केही थाहा छैन । यीनरुहले केहि गर्न सक्दैनन् भन्थे । हाम्रा कर्मचारीहरुलाई त्यसले घोचेको थियो । उनीहरुले त्यसलाई इगोकारुपमा लिए ।

मैले पाँच वर्षे योजना पनि बनाएको थिएँ । तर, आफ्नो कार्यकालमा त्यसलाई पारित गराउन सकिँन । मेरो योजनामा पाँच वर्षभित्र बैंकलाई बढीभन्दा बढी प्रविधिको प्रयोग बढाउँदै लैजानेमा नै मुख्य जोड थियो ।

आजका मितिमा निजी छेत्रको बलियो बैंकले प्रविधिको प्रयोग गरेर जस्तो प्रकृतिको सेवा दिइरहेको छ, त्यसमा वाणिज्य बैंक १ इन्च पनि कमजोर छैन । १० वर्षमा हामीले बैंकलाई प्रविधिमैत्री बनायौं । निकै बलियो बनायौं । अहिले सबैले वाणिज्य बैंकलाई पहिलो नम्बरमा राख्छन् ।

वाणिज्य बैंकमा अहिले २६ जना मान्छे सूचना प्रविधिमा मास्टर गरेको अफिसर छन् । र, २ सय जना कर्मचारी आइटीमा ग्र्याजुएट गरेका मान्छे एसिस्टेन्ट छन् । उनीहरु प्रविधिमैत्री त छँदै थिए, जसले प्रविधि जान्दछ उसले स्वभाविकरुपमा विजनेस गर्न जानेकै हुन्छ ।
म्यानेजमेन्ट र टेक्नोलोजीको मिक्स भएको म्यानपावर हामीसँग छ । एनटिसी र एनसेलबाहेक सबैभनदा बढी सूचना प्रविधि पढेका कर्मचारी वाणिज्य बैंकमा छन् ।

अब बैंकहरुले भौतिकरुपमा उपस्थित भएर भन्दा पनि प्रविधिको प्रयोग गरेर वित्तीय सेवा उपलब्ध गराउनमा केन्द्रित हुनुपर्छ ।

मैले पाँच वर्षे योजना पनि बनाएको थिएँ । तर, आफ्नो कार्यकालमा त्यसलाई पारित गराउन सकिँन । मेरो योजनामा पाँच वर्षभित्र बैंकलाई बढीभन्दा बढी प्रविधिको प्रयोग बढाउँदै लैजानेमा नै मुख्य जोड थियो ।

टेक्नोलाजीमा जोड दिनुका पछि दुई कारण छन् । पहिलो प्रतिस्पर्धा फेस गर्न । दोस्रो, कर्मचारी खर्च घटाउन । नविल र इन्भेष्टमेन्ट बैंकले एक वर्षमा कर्मचारीका लागि ७०÷७२ करोड रुपैयाँ खर्च गर्छन् । जबकी वाणिज्य बैंकले ३ अर्ब खर्च गर्छ । कर्मचारी खर्च बढी भएपछि त्यसको लागित ग्राहकसँगै जोडिने हो । कि त निष्छेपमा कम व्याज दिनुपर्यो, कि त कर्जामा बढी व्याज लिनु पर्यो ।

४/५ गुणाले विजनेस बढ्दा पनि हामीले कर्मचारी संख्या आधा घटायौं । ५८ सय कर्मचारी अहिले २५ सयमा झरे । प्रविधिको प्रयोगकै कारण यो संभव भएको हो । अब बैंकहरुले भौतिकरुपमा उपस्थित भएर भन्दा पनि प्रविधिको प्रयोग गरेर वित्तीय सेवा उपलब्ध गराउनमा केन्द्रित हुनुपर्छ । सामान्य वित्तीय कारोबार मोवाइलबाटै होस् । जसले बढीभन्दा बढी ग्राहकलाई आकर्षण गर्नसक्छ ।

(वाणिज्य बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत शर्मासँग गरिएको कुराकानीमा आधारित)


क्लिकमान्डु