नयाँ नोट असोज १० गतेदेखि, १३ अर्ब रुपैयाँ बजारमा




काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि नयाँ नोट साट्ने भएको छ । प्रत्येक वर्ष दशैं अगाडि राष्ट्र बैंकले बजारमा नयाा नोट ल्याउँदै आएको छ ।

सर्वसाधारणले बैंक तथा वित्तीय संस्थालाई असोज पहिलो सातादेखि र सर्वसाधरणलाई असोज १० गतेदेखि नयाँ नोट साट्ने गरी तयारी पूरा गरेको हो ।

नयाँ नोट लिएका अरु वित्तीय संस्थाले पनि असोज १० गतेदेखि मात्रै नोट सटही सुरु गर्नेछन् । राष्ट्र बैंकले यो वर्ष १३ अर्ब रुपैयाँका नयाँ नोट वितरण गर्ने योजना बनाएको छ ।
बजारमा ५, १०, २०, ५०, १००, ५०० र १००० का दरका नोट सटही आउनेछन् ।


क्लिकमान्डु