एभरेष्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक, निक्षेपमा कति, कर्जामा कति ?
काठमाडौं । एभरेष्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा साधारण बचतमा ६ प्रतिशत रहेको छ भने मुद्दतितर्फ व्यक्तिगतमा ९.२५ र संस्थगततर्फ ८.५० प्रतिशत ब्याज रहेको छ ।
यस्तै बैंकको साधारण बचतमा २७ वटा खाता रहेका छन् । यसमा सबै भन्दा बढी ब्याज ६ प्रतिशत रहेको छ भने सबै भन्दा कम ४ प्रतिशत रहेको छ ।
असार मसान्तसम्म बैंकको बेस रेट ८.१२ प्रतिशत रहेको छ । यो बैंकबाट ऋण लिनेले १५.७५ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ । बैंकका अनुसार ट्रम लोन, विभिन्न शिर्षकका ओभरड्राफ्ट लोन लिनेले १७.७५ प्रतिशत ब्याज तिर्नुपर्ने भएको छ ।
बैंकबाट भेहिकल लोन लिनु परेमा १४.८७ प्रतिशत ब्याज लाग्ने छ भने हाउजिङ लोन लिँदा १५.३७ प्रतिशतसम्म लाग्ने छ । बैंकबाट शैक्षिक कर्जा लिनु परेमा १५.१२ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।
बैैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार सेयर धितोकर्जा राखेर ऋण लिनु परेमा १४.८७ प्रतिशतसम्म ब्याज लाग्ने छ ।