क्यान्सर पीडितलाई आत्मविश्वास बढी चाहिन्छ-नेपाल



काठमाडौं । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले क्यान्सर लागेका बिरामीलाई आत्मविश्वास धेरै चाहिने बताएका छन् ।

क्यान्सर फ्रि सोसाइटीले क्यान्सर पीडित बालबालीकाहरुको लागि जनचेतना तथा आर्थिक राहत वितरण गर्ने आयोजना गरेको कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन ।

उनले क्यान्सर लागेपछि परिवारमा मानसिक तनाब हुने भएकाले त्यसको न्यूनिकरको अन्य विकल्प मध्ये आत्मविश्वास पनि एक भएको बताए ।

संस्थाले आफ्नो उद्देश्य अनुसार गरेको कामले पीडित बालबालिकालाई सहयोग मिलेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले सबैले आफ्नो दैनिक जीवनमा खापनमा ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा क्यान्सर पीडित १२ बालबालिकालाई नगद राहत वितरण गरिएको थियो ।

जसमा अधिकाशं रगतको क्यान्सरबाट पीडित भएका र आर्थिक अवस्था कमजोर भएका थिए ।

यस्तै ३७ जना बालबालिकालाई पाठ्य सामग्री वितरण गरिएको छ । उक्त कार्यक्रम कार्यक्रम सेयर लगानीकर्ता गोपाल स्वामी र हरी ढकाल लगायत लगायतको अग्रसरतामा भएको हो । कार्यक्रममा ५० जना भन्दा बढीले रक्तदान गरेका छन् ।


क्लिकमान्डु